नेपाली समय:
फोटो फिचर
  • आआफ्नो जीवन शैली ः लहानमा गाईजात्रामा सहभागीहरु

     आआफ्नो जीवन शैली ः लहानमा गाईजात्रामा सहभागीहरु 

  • ‘योगाभ्यासले औषधी विना नै बांचिरहेको छु’

     भारती गुप्ता ।
    लहान, ८ साउन । विहान अबेर उठेर रोग पाल्नेहरुको कमी छैन । तर लहानका केही महिला र पुरुष विहानै उठेर रोग मुक्तिको लागि योगाभ्यासमा लाग्छन् । यसैका एक पात्र हुन् योग गुरु मां जानकी चौधरी । विहान ४.३० बजे उनीहरुको समूह लहान उद्योग वाणिज्य संघमा आईपुग्छन् । अधिकांश महिलाहरु रहेपनि सो योग शिविरमा पुरुषहरु पनि समावेश रहेका छन् । योग गुरु मां अर्थात पंतञ्जली योग समिति लहानकी अध्यक्ष जानकी चौधरी भन्छिन् —‘म विभिन्न रोगले ग्रसित थिए, दर्जनौ डाक्टरहरुबाट उपचार गराए । तर, नियमित योगले नै मेरो जीवनमा परिवर्तन ल्याएको छ । योग आज मेरो लागि दिनचर्या नै भएको छ ।’ 
    लहान उद्योग वाणिज्य संघमा करिब पांच महिनादेखि संचालनमा रहेको सो शिविरमा ३० महिला र १० पुरुष आउंने गरेका छन् । 


    अर्का योग गुरु मां अंशु गुप्ता भन्छिन् —‘ विहान योग गरेपछि मन स्वस्थ्य र शरिर फुर्तिलो रहन्छ ।’ ‘विहान खाली पेटमा एक लिटर पानी पिएर योगाभ्यास गरेमा शरिरभित्र रहेका सम्पूर्ण विकार पदार्थ बाहिर निस्किन्छन् ।’  योगाभ्यासमा लागेकाहरु विहान  ४ बजे नै दिशापिसाब गरेर ४.३० मा योगास्थलमा पुग्ने गर्छन् । लहान ७ की कोपिला चौधरी भन्छीन् — ‘विहानै नितकर्म गरी नियमित योगाभ्यासले मेरो जीवनमा ठूलो परिवर्तन ल्याएको छ । ’‘म बाबासीर र युरिकएसिडको औषधी खादै थिए ।’‘आज नियमित योगाले सबै कन्ट्रोल भएको छ ,औषधी  विना नै बांचिरहेको छु ।’ अर्का योगासाधक कमलीदेवी महतो भन्छीन् — साइनस र घरघरीले मेरो जीवन दुःखमय थियो । तर, योगाभ्यासले मेरो नयां जीवन पाएको महसुस गर्छु ।’ 


    यस्ता कैयन योगसाधकहरुको जीवनमा परिवर्तन आएको छ । ग्यास्टिक, घुटना दर्द, हाईब्लडप्रेसर, वजन कन्ट्रोल लगायतका रोगबाट मुक्ति पाएका यस शिविरमा प्रतिमा निरौला, शान्तिदेवी, कृष्ण महथा, हेमशंकर साह यिनीहरु उदाहरणका पात्र मात्र हुन् । यस्ता कैयन योगासाधकहरुको जीवन नै परिवर्तन भएको बताउंछन् ।


  • म्यादी प्रहरी आन्दोलित, खान बस्नको समस्या

     लहान, १७ जेठ । स्थानीय तहको निर्वाचनको लागि सिरहाले छनौट गरिएका म्यादी प्रहरीले बुधबार लहानमा आन्दोलित भएका  छन् । सिरहा प्रहरी कार्यालयले छनौट गरी सप्तरी जिल्लामा खटिएका म्यादी प्रहरीले इलाका प्रहरी कार्यालय लहान अगाडि आएर आन्दोलन गरेका हुन् । 
    म्यादी प्रहरीका लागि नेपाल सरकारले उपलब्ध गराएको पोशाकमै जिल्ला प्रहरी कार्यालय सिरहा विरुद्ध उनीहरु आन्दोलन गरेका हुन् । सिरहामा छनौट भइ सप्तरीमा खटिएका मध्ये ८० जना म्यादी प्रहरीले बुधबार दिउंसो इलाका प्रहरी कार्यालय अगाडि भेला भएर सप्तरीमा खटिदा खान र बस्न नदिएको भन्दै छनौट गरेर गलत ठाउंमा पठाएको आरोप लगाएका छन् । उनीहरु जिल्ला प्रहरी कार्यालय सप्तरी अन्तर्गतका इलाका प्रहरी कार्यालय रुपनी, कल्याणपुर लगायतका ठाउंमा खटिएका थिए । 
    सप्तरी स्थित इलाका प्रहरी कार्यालय रुपनीबाट करिब २५ किलोमिटर दुरी पार गर्दै म्यादी प्रहरीहरु आफ्नो पोशाकमै पैदल हिडेर इलाका प्रहरी कार्यालय लहान आइपुगेका थिए । 
    छनौट पश्चात  सप्तरीमा खटाइएको म्यादी प्रहरीलाई खान र बस्न नदिएको आरोप लगााएका छन् । उनीहरुले आफूहरुलाई प्रहरी कार्यालयमा बस्न नदिएको, खानालाई जहां मन लाग्छ, त्यही जाउ भनेर हप्काउने गरेको आरोप रहेको बताए । आन्दोलनमा उत्रिएको प्रहरीले नेपाल प्रहरीले म्यादी प्रहरीमा खटिएका महिलाहरुलाई जिस्काउने गरेको, डियुटीमा खटिदा नेपाल प्रहरीसंगै नगएको लगायतका आरोप लगाएका छन् । निर्वाचनको विरोध गर्दै आएका राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले प्रहरीलाई कुनै पनि सामान सहयोग नगर्न आह्वान गरेअनुसार सप्तरीमा प्रहरी पोशाकमा रहेकाहरुलाई पसलले कुनै सामान बिक्री नगर्दा समस्या उत्पन्न भएको स्थानीयले बताएका छन् । 
    इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हिरा बहादुर पाण्डेले म्यादी प्रहरीले लहानमा गरेको आन्दोलनको कुनै अर्थ नभएको बताएका छन् । उनले भने –‘म्यादी छनौट जिल्ला प्रहरी कार्यालय सिरहाले गरेको हो , भने उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा खटाइएको हो । 
    सप्तरीमा के भयो उनीहरुले किन आन्दोलन गर्ने जवाफ जिल्ला प्रहरीसंग लिनुस् म संग हैन ।’ तर जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले म्यादी प्रहरीले गरेको आन्दोलनबारे आपूmलाई कुनै जानकारी नभएको बताएका छन् । उनले आफुलाई यस विषयमा लहान प्रहरीले कुनै जानकारी नगराएको प्रतिक्रिया दिए । दोस्रो चरणको निर्वाचनको लागि अन्य जिल्लाबाट थप मद्दतमा आएका नेपाल प्रहरीलाई समेत सिरहामा समस्या भएको छ । सरकारले दोस्रो चरणको निर्वाचनको मिति पटक पटक परिवर्तन गरेपछि थप मद्दतको लागि आएका नेपाल प्रहरीलाई खान र बस्न समस्या भएको हो । 
    थप मद्दतका लागि भोजपुर, खोटाङ्ग लगायतका पहाडी जिल्लाबाट सिरहामा खटिएका प्रहरीलाई स्थानीय प्रहरी कार्यालयहरुले खानलाई आफै व्यवस्था गर्न भनेपछि उनीहरु समस्यामा परेका हुन् । भोजपुरबाट थप मद्दतका लागि आफ्ना टोली सहित लहानमा खटिएका प्रहरी निरीक्षकले भने –‘आफूहरु निर्वाचन सम्मका लागि मात्रै लहानमा आएका छौं । तर स्थानीय प्रहरीले आफूहरुलाई जहा मन लाग्छ त्यहा गएर खानुस् भन्छ । मधेसमा आन्दोलन चलिरहेकाले पसलमा प्रहरीलाई कसैले खान दिदैन ।’ निर्वाचन गराउनलाई थप मद्दतमा विभिन्न जिल्लाबाट सिरहामा करिब ५ सय प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 
     

  • मधेश तनावग्रस्त, प्रहरीले बर्साएको गोलीबाट आधा दर्जनले सहादत्त प्राप्त गरे र लहानमा एमाले पार्टी कार्यालयमा आगजनी

     लहान २४ फागुन । सप्तरी प्रहरीले अन्धाधुन्द गोली बर्साएर सात जनाको ज्यान लिएको छ भने दूई दर्जन जति घाईते भएको छ । सहादत्त प्राप्त गर्ने सबैलाई प्रहरीले कम्मर, पेट, पिठ्यू र टाउंको गोली हानेको छ । 
    सहादत्त प्राप्त गर्नेहरु आनन्द साह, संजन मेहता, पिताम्बर मण्डल, रंजन मेहता, दिगम्बर यादव, अवधेश ठाकुर र अजय साह रहेको जानकारीमा आएको छ । एमालेको मेची महाकाली राष्ट्रिय अभियान राजविराजस्थित अधौगिक क्षेत्रमा सभा सकेपछि प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यू हुनेको संख्या सात पुगेको छ । गोलीबाटै दूई दर्जनौं मोर्चाका कार्यकर्ता घाईते भएका छन् । मोर्चा कार्यकर्ताहरु एकै ठाउंमा बसिरहेका थिए । त्यही क्रममा प्रहरीपक्ष तर्फ रहेका एमाले कार्यकर्ताले मोर्चा कार्यकर्तामाथी ढुंगा हान्न थालेको थियो । 
    प्रहरीतिरे रहेका एमाले कार्यकर्ताहरुले निरन्तर ढुंगा फ्यांकन थालेपछि मोर्चा कार्यकर्ताहरु आक्रोशित भएका थिए । मास्क लगाएर आएका एमाले कार्यकर्ताहरुले ढुंगा फ्याउंनपछि स्थिति तनाव भएको थियो । सोहीक्रममा प्रहरीले एकतर्फी गोली प्रहार गर्दा मोर्चातर्फ क्षति भएको छ । सप्तरी सिडियोका अनुसार प्रहरी र मोर्चाका कार्यकर्ताबीच भएको झडप र प्रहर बाट चलाएको गोलिबाट अहिले सम्ममा ४ जना को मृत्यू भएको दावी गरिएको छ भन्ने प्रहरीको गोलि लागेर ९ जना गम्भिर घाइते र कुल ५२ जना घाइते रहेको समाचार नै यथार्थ हो । उपचारथ घाइतेको अवस्था बुझदा मृत्यु संख्या बढ्न सक्ने अवस्था कायम नै छ । यसैबीच,सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आक्रोसित बनेका छन् । उनले प्रहरीले निहत्था जनतालाई गोली हानेर हत्या गरेको आरोप लगाए । उनले आक्रोशित हुँदै भने– ‘प्रहरीसँग झडप भएको होइन । नरसंहार गरेको छ । प्रहरीले गोली हानेर मारेको हो ।’ अध्यक्ष महतोले कसैको विरोध गर्यो भन्दैमा जनतालाई हत्या गर्न पाइँदैन नि ? भनेर प्रतिप्रश्न गरे । उनले भने, ‘निहत्था जनतामाथि गोली प्रहार गर्न पाइँदैन । विरोध गर्ने अधिकार सबैको हो ।’ मोर्चाका अन्य नेताहरु पनि सप्तरी घटनापछि आक्रोसित बनेका छन् । मोर्चाको आक्समिक बैठकबाट प्रचण्ड सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय समेत गरिसकेको छ । मोर्चाले फागुन २४ र २५ गते मधेस बन्दको आह्वान पनि गरेको हो । आक्रोशित कार्यकर्ताले सप्तरीमा तीन मोटरसाईकल जलाएको छ भने गोलबजारमा भारतीय गाडी जलाएको छ । लहानमा ना.४ख २०७६ नम्बरको ट्रकमा आगजनी गरेको जानकारीमा आएको छ ।

    एमालेप्रति मधेशमा बढ्यो आक्रोश

    समान अधिकार र बराबरी हैसियत कायम गर्न आन्दोलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको घटनाको कारण आक्रोशित भएका छन् । सप्तरीको राजविराजमा एमालेको कार्यक्रम सफल बनाउन नेपाल प्रहरीले गोली हानी सात जना मधेशीको हत्या गरेपछि मधेशका जिल्लाहरुमा एमालेप्रति आक्रोस बढेको छ । आक्रोशमै लहान स्थित रहेको एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेको छ ।
    सोमबार साँझ राजविराजमा भएको घटनापछि मधेशमा मुख्य सहरहरुमा प्रदर्शन सुरु भएको छ भने एमालेका नेताहरु निसानामा परेका छन् ।
    लहान, गोलबजार, जनकपुरधाम, वारा, पर्सा, सर्लाही, रुपन्देही, नेपालगन्जमा प्रदर्शन सुरु भएको छ भने लहान, धनुषा, बीरगञ्जको मुख्य चौकहरुमा टायरबाली साँझबाट प्रदर्शन सुरु भएको मधेशी मोर्चाका नेता महमुद आलमले  बताए ।
    राजविराजमा सात जनाको हत्या पश्चात आक्रोसित बनेका रौतहटबासीले नेकपा एमाले रौतहटका प्रचार विभाग प्रमुख मनिशंकर निधिलाई कालो मोसो दलेका छन् । समाचार श्रोतका अनुसार अन्य नेताहरुको खोजी भइरहेको छ ।
    यता जनकपुरधाममा एमाले नेताहरु रघुबीर महासेठ तथा सत्यनारायण मण्डलको घर अगाडि मधेशी मोर्चाका कार्यकर्ताहरु प्रदर्शन गरेका छन् । त्यस्तै, मधेशका जिल्लामा पनि एमाले नेताहरुको घरमा आक्रमण हुने प्रयास गरेको छ । 

    सरकारलाई दिएको समर्थन मोर्चाद्वारा फिर्ता लिने

    संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सप्तरी कान्डपछि मोर्चाले सोेमबार साँझ बोलाएको आकस्मिक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गरी आन्दोलनमै जाने निर्णय गरेको छ । मोर्चाले आगामी २४ र २५ फागुनमा मधेस बन्द गर्ने निर्णय पनि गरेको छ ।
    मोर्चाले भोलि मंगलबार सभामुखलाई  सरकारलाई दिएको समर्थन फिर्ता लिइएको पत्र फागुन २५ गते बुझाइने मोर्चाका एक नेताले बताए । सप्तरीमा प्रहरीको गोली लागेर सात जना आन्दोलनकारीको घटनास्थलमै सहादत्त प्राप्तपछि तथा दर्जनौ घाइते भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू आकस्मिक बैठकमा बसेका थिए ।
    तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा बैठक भएको थियो । सोहीक्रममा मोर्चाले गम्भीर घाइते भएकाहरूलाई हेलिकप्टरबाट काठमाडौ ल्याउने तयारी समेत गरेको छ ।
    प्रहरीको गोली लागेर सातजनाको मृत्यु भएको बताइएको छ । मृतकको संख्या ८ पुग्ने अनुमान गरिएको छ । मधेसी मोर्चाले भनेको छ, एमाले केही शीर्ष नेताहरुको मधेस र मधेसीविरुद्ध विषबमन गर्ने व्यवहार, मधेसी समुदायलाई अपमानित गर्ने, होच्याउने र घोचपेच गर्ने खालका गैरजिम्मेवार, भड्काउपूर्ण एवं उत्तेजक अभिव्यक्ति नै यस घटनाको मुख्य कारक तत्व हुने भन्ने ठहर छ ।’बैठकमा प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने सहमति भएको छ र, भोलि संसद सचिवालयमा लिखित रुपमा नै जानकारी गराउने नेताहरुले बताएका छन् । यसका लागि भोलि ३ बजे मोर्चाको बैठक राखिएको छ । मधेसी मोर्चाको बैठकले सप्तरीमा प्रहरी दमन भएको भन्दै भत्र्सना गरेको छ । र, दोषीलाई कारबाही गर्न र घाइतेहरुको उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । सप्तरी घटनाको विरोधमा भोलि र पर्सि मधेसमा बन्द गर्ने निर्णय समेत गरेको छ ।

    मधेशमा एमालेको मेची—महाकाली अभियानमा हानियो जुत्ता

    पूर्वबाट सुरु भएको नेकपा एमालेको मेचीमहाकाली अभियान इनरुवा आइपुग्दा मधेसी मोर्चाको विरोधको  राम्रै सामना गर्नुपरेको छ ।
    झुम्कामा कालोझण्डासहित जम्मा भएका मोर्चाका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरे । एमालेको झण्डा राोको ठाउँमा नै मधेसी मोर्चाका कार्यकर्ताले कालोझण्डा बाँधेर राखिदिएका छन् । त्यही क्रममा एक पूर्वसभासद एमालेको गाडीमाथि जुत्ता प्रहार गरेकी छन् । संघीय समाजवादी फोरम नेपालकी पूर्व साभासद सविताकुमारी यादवले मेची महाकाली अभियानको अगुवा गाडीलाई आफ्नो जुत्ता हानेकी हुन् । उनले सुरुमा कालो झण्डा देखाएकी थिइन् । गाडी अगाडि बढेपछि पछ्याउँदै गएकी उनले आफ्नो जुत्ता खोलेर हानिन् । यतिले मात्र उनको आक्रोश थामिएन र, अर्को खुट्टामा रहेको जुत्ता पनि फुकालेर हानिन् ।








  • लहान आईकन — २०१६ की विनर हेलिना सिंह

     दिनेश्वर गुप्ता 
    लहान, १८ असोज । लहान लिटिल आईकन — १६ का विनर हेलिना सिंह भएकी छीन् । लहान सिटी जेसीजको आयोजनामा भद्रो १५ गतेदेखि यस क्षेत्रका विद्यालयस्तरका छात्राहरुको आन्तरिक क्षमता बढाउंने उद्देश्यले गरिएको सो टाईलेन्ट सो— ग्रान्ड फाईनलबाट आज हेलिना सिंह विनर भएकी छीन् । 


    लहानको पशुपति सिनेमा हंलमा भएको ग्रान्ड फाईनलमा २७ प्रतियोगि सहभागी भएका थिए । जसमा रोशिका चौधरी फस्ट रनअफ भएकी छीन् । यसैगरी सेकेन्ड प्रियंका साह, थर्ड नन्दनी गुप्ता र फोस्र्थ रनअफ अनिमा श्रेष्ठ भएकी छीन् । विनर भएका लहान आईकनलाई १० हजार रुपैयां र विभिन्न कम्पनीबाट गिफ्ट प्रदान गरिएको छ । त्यसैगरी फस्ट रनलाई ७ हजार, सेकेन्डलाई ५ हजार, थर्डलाई ३ हजार र फोर्थलाई २ हजार नगद प्रदान गरिएको छ । टाईलेन्ट सोलाई रौनक बनाउंनको निम्ति विभिन्न सांस्कृति झल्किने कार्यक्रम गरिएको थियो ।

    सो कार्यक्रममा हांस्य कलाकार एनवि मिथुनको रेकर्डिगं डान्सले मन्च नै गुन्जमान भएको थियो भने प्रमुख अतिथी सिरहाका सिडियो विजयनारायण मानन्धरले समेत गीत प्रस्तुत गर्नुभएका थिए । स्थानीय तथा मैथिली गीत र नाचको छनक प्रस्तुत नगरेपछि हांलभित्र खलोपन महसुस गरेको कृष्णबहादुर यादवले गुनासो गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारको रुपमा डोली सरकारलाई नाच गर्न लगाएका थिए । तर, डोलीले हिन्दी गीतमा नाचेर रौनकता दिएका थिए । यसमा डोलीको नाचको लागि कार्यक्रम संचालक राजु गुप्तालाई प्रस्तुत गर्न लगाएका थिए । ‘पुगेन यो बैंसले ...गीतको प्रस्तुती आस्था बीले गरेकी थिइन् । 


    त्यसैगरी, श्रीकृष्ण लुईटेलले ‘दिल चुराके ले गया... बांके बर्दिया गीतमा युवाहरु रौनकता बटुलेका थिए । कार्यक्रममा  लहान सिटी जेसीजका अध्यक्ष शंकरप्रसाद गुप्ता, टाईलेन्ट शो कार्यक्रमका संयोजक उमेश चौधरी, जेसीजका पूर्व अध्यक्षहरु राकेश झा,  मुरारी साह, धरनीधर अधिकारी, अशोक अमात्य, सिरहाका एसपी श्याम ज्ञवालीलगायतले टोकन अफ लव तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम सांझ ६ बजेदेखि शुरु भएर राती ठीक १२ बजे समापन भएको जेसीजका विजय गुप्ताले बताए ।








   
प्रमुख सामाचारहरु
सिरहाका सिडियो खतिवडाको कार्यशैलीप्रति आपत्ती, कार्यालयबाटै सहमतिपत्र गायब   लहान, २५ चैत्त । सिरहाका सिडियो भोजराज खतिवडाको कार्यशैलीप्रति स्थानीय नागरिकले आपत्ती जनाएको छ ।
ससुरा देवर मिलेर संजुलाई यातना  नवसंग्राम दैनिक  लहान, १२ चैत्त । लहान २३ गाढामा प्रहरीमा निवेदन किन दिइस् भन्दै ससुरा देवर
किस्ता लिन घर बोलाएर सहकारीका अधिकृत कुटपिट  नवसंग्राम दैनिक लहान, १२ चैत्त । हाम्रो कृषि सहकारी संस्था लिमिटेड लहान ३ का ऋण अधिकृत
मेयर चौधरी र पत्रकार गुप्ता सम्मानित   लहान, ४ चैत्त । लहान नगरपालिकाका मेयर महेश चौधरी र नेपाल पत्रकार महासँघ सिरहाका निवर्तमान
सामाचार
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
भिडियो
  • Mission Madhes
साहित्य श्रृजना :
मधेशी
                                                         रामकिसुन यादव  
मात्रै मस्यौदा
                                                           
चिया पसलमा
                                                           
कला र मनोरञ्जन :
निरज र दियाको ‘दिल द देलौ’ भाइरल
 नवसंग्राम दैनिक लहान । हालै रिलिज भएकाको ‘दिल द देलौ’ मैथिली भिडियो यतिबेला निकै  चर्चा पाएको  छ । निरज चौधरी र दिया पाण्डेको युगल जोडीले सो भिडियो समाजिक सँजालमा भाइरल भएको
लोकगायनमा उर्जा थप्न खैरबोनामा गीत रिर्कोडिँग स्टुडियो
 लहान, 20 भदौ । भाषा संस्कृतिको उत्थान विकासको लागि ग्रामिणक्षेत्रमा यसरी गीत रिर्कोडिँग स्टुडियो संचालन गरेर कमजोर बन्दै गएको लोकगायनमा थप उर्जा प्रदान गर्ने मधेशी चलचित्रका नायक तथा नेपाल पत्रकार
खेलकुद समाचार :
सखुवानन्कारकट्टी क्रिकेट प्रतियोगितामा सोठियाइन विजय
  लहान, ८ मंसिर । सखुवानन्कारकट्टी गाउँपालिकाको सहयोगमा वडास्तरीय क्रिकेट प्रतियोगिता मंसिर ७ गते सोठियाइनमा एक कार्यक्रमबीच सम्पन्न भएको छ । सो प्रतियोगिताको अन्तिम खेलमा सखुवानन्कारकट्टी ४ सोठियाइन पहिलो विजेता बनेको
जेसीज क्रिकेटमा नातावाद कृपावाद,एलएमसी गरे बहिष्कार
 मनोज बनैता लहान, २५ पुष । लहान सिटि जेसीज र लहान स्पोर्ट एकेडमीको सहकार्यमा भइरहेको क्रिकेट प्रतियोगिता राजनीतिक भूमरीमा परेको छ । ३ जनवरीदेखि  शुरु भएको  टि ट्वेन्टी खेल उदघाटन देखि
सुचना, प्रविधी र बिज्ञान
मधेस आइटीमा किन पछाडी ? के हुनसक्छ आगामी योजना ?
 प्रमोद यादव ।  विश्वले आईटीमा यति धेरै फड्को मारि सक्दा पनि नेपालमा भने आईटी शिक्षा बामे सर्दै गरेको अवस्थामा छ । केहि समय अगाडि नेपालका गृह तथा उपप्रधानमन्त्रीले मेसिन रिडेबल पासपोर्ट
बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी