सिरहाका सिडियो खतिवडाको कार्यशैलीप्रति आपत्ती, कार्यालयबाटै सहमतिपत्र गायब
लहान, २५ चैत्त । सिरहाका सिडियो भोजराज खतिवडाको कार्यशैलीप्रति स्थानीय नागरिकले आपत्ती जनाएको छ । लहान १९ का जितन यादवले एक विज्ञप्ती जारी गर्दै दूईपक्षको छलफलबाट गरिएको सहमतिको निर्णय पत्र सिडियो कार्यालयबाट गायव पारेको आरोप लगाएको छ । पीडितको पिरमर्का समेत नबुझी सिडियो खतिवडाले नागरिकलाई थप समस्या दिने गरेको यादवको आरोप छ ।
सिरहाको धनगढीमाई नगरपालिका ११ सोनापुरका राजन कुँवर क्षेत्रीसँग केही बर्ष अगाडि जग्गा खरिदको लागि बैना वापत १२ लाख निज राजनलाई लहान १९ बस्ने जितन यादवले दिएको थियो । सो बैना वापत एक बर्षभित्र भाखा राखी शर्तनामा कागत गरी जग्गा निज जितन यादवलाई खरिद गर्ने गरी सर्त भएको थियो । सोही मिति समयभित्र (तीन महिनामै) आवश्यक रकम दिन जाँदा राजनले रकम नबुझी विभिन्न वाहानावाजी गरी निर्धारित समयलाई आलटाल गरी समय मिति गुजारियो । र, पछि बैना वापतको रकम जग्गा नदिँदा फिर्ता माग गर्दा समेत ओलझोलमा पारी बहानावाजी गर्दै आएको थियो । जग्गा नदिँदा वैना वापतको रकम फिर्ता माग गर्दा आज सात बर्ष वित्यो । त्यसपछि जिल्ला प्रशासन कार्यालय सिरहामा निज जितन यादवले राजन कुँवर क्षेत्रीमाथी बैना फिर्ताको उजुरी गरियो । त्यसको छलफल २०७९ असोज २६ गते तत्कालिन सिडियो लालबाबु कवाडीको प्रत्यक्ष निगरानीमा बैना वापतको रकम मिति २०७९ माघ २६ गते बैना वापतको १२ लाख मध्येको ४ लाख ५० हजार निज जितन यादवलाई फिर्ता गर्ने सहमति भयो । सहिछाप मञ्जुरी सहित रकम फिर्ता गर्ने सहमति भएपनि हालसम्म सो रकम फिर्ता नगरेकोले पीडितपक्ष जितन यादव अन्यायमा परेको छ । निजको रकम फिर्तावारे हालको सिडियो भोजराज खतिवडासँग छलफल गर्दा पीडितको समस्याप्रति अनुदार भएर हप्काउँदै यहाँ काम हुँदैन भन्दै अन्य ठाउँमा जानु भनिएको छ । यस्तो गैर जिम्मेवार सिडियोप्रति आम जनताको थप पिडा हुने निश्चित नै हो । सत्यतथ्य बुझी निज पीडितको समस्या समाधान गर्न सरोकारवाला निकायसँग माग जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्ती २०७९ चैत्त २४ गतेको मितिमा जारी गरिएको छ ।