नवसंग्राम दैनिक
लहान, १२ चैत्त । हाम्रो कृषि सहकारी संस्था लिमिटेड लहान ३ का ऋण अधिकृत प्रमोदकुमार महतोलाई ऋण चुक्ता गर्ने भन्दै लहान ३ का रामउदगार कामैतले घरमा बोलाएर कुटपिट गरेको छ ।
चैत्त १० गते कामैतले महतोलाई किस्तासहित ऋण चुक्ता गर्ने भनिएपनि ५ सय रुपैयाँ दिएपछि किस्ता बमोजिमको रकम माग गर्दा महतोलाई एक्कासी कुटपिट गरी घाईते बनाएको छ । कृषि सहकारीका अध्यक्ष ललितनारायण महतोले एक विज्ञप्ती जारी गरी यस्ता अराजक तत्वलाई मनोबल बढने कामप्रति आपती जनाउँदै कामैतलाई कडा कारवाही गर्न माग गरेको छ ।
संस्थामा कार्यरत जो कोही कर्मचारीमाथी यस्तो अमानवीय व्यवहार तथा अराजक गतिविधि हुन सक्ने भएकोले यस्ता निन्दनीय कार्यप्रति आपत्ती जनाएको विज्ञप्तीमा उल्लेख छ । यस किसिमको कार्य गर्ने रामउदगार कामैतलाई कानुन बमोजिम कारवाहीको जोडदार माग गरेको उल्लेख छ ।
कामैतले २०७६ सालमा ५० हजार ऋण लिएका थिए । किस्ता बुझाउँन सहकारीले पटक पटक ताकेदा गर्दा समेत कामैतले आलटाल गर्दै आएका थिए । किस्ता बुझाउँदा आवश्यक रकम नदिँदा विवाद हुँदै आएको थियो । चैत्त १० गते किस्ता दिन्छु भनेर घरमा बोलाएर कामैतले अधिकृत प्रमोद महतोलाई कुटपिट गरेको हो । कुटपिट गर्दा महतोको टाउँको निधारमा चोट लागेको छ ।