नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Mar 18, 2023
मेयर चौधरी र पत्रकार गुप्ता सम्मानित
  लहान, ४ चैत्त । लहान नगरपालिकाका मेयर महेश चौधरी र नेपाल पत्रकार महासँघ सिरहाका निवर्तमान सभापति दिनेश्वर गुप्तालाई “लहान मेरी चिल्ड्रेन एकेडेमी हाई स्कूलले सम्मान गरेका छन् । योसँगै लहान ६ का वडाध्यक्ष रमेश गौतमलाई समेत सम्मान गरिएको छ । 
मेरी चिल्ड्रेन एकेडेमीको २५ औं बार्षिकोत्सव (एलएमसी एक्पो २०७९)चैत्त ३ गतेको कार्यक्रममा समाजिक रुपान्तरण विशेष योगदान पुर्याएको बापत  मेयर चौधरीलाई कदरपत्र र दोसाला ओढाएर सम्मान गरेका छन् । समाजमा विशेष योगदान दिए वापत वडाध्यक्ष गौतमलाई सम्मान गरिएको छ ।
मेरी चिल्ड्रेन एकेडेमीका संस्थापक बौद्धिक व्यक्तित्वका  पाण्डव हमालका सभाध्यक्षतामा भएको सो कार्यक्रममा राजनीति, सामाजिक सेवा,खेलकुद विकास, एवं पत्रकारिताको संरक्षण सम्बद्र्धन र विकासमा निरन्तर सक्रियसँगै कालाकारिताक्षेत्रमा योगदान पुर्याए वापत दिनेश्वर गुप्तालाई दोसला र कदरसहित सम्मान गरिएको छ ।
यसैगरी, अतिथिहरु ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भोला भट्ट, सुदिप चौधरी , धरणीधर अधिकारी, विनोद सिंह, अम्बे मिश्र, आलम खान, पत्रकार विनोद मण्डल, रहमुल, रानी पाल, हेमशंकर पासमानलगायत विद्यार्थी अभिभावकको विशेष उपस्थिति थियो । आयोजकपक्षका संस्थापक प्रिन्सिपल उर्मिला हमाल, सहायक प्रिन्सिपल रञ्जु सिंह र सिईओ आयुष हमाल ठकुरीको विशेष सक्रियता रहेको थियो । 
कार्यक्रमको उद्दघाटन पानसमा बत्ती बालेर नगर प्रमूख महेश चौधरीले गर्नु भएको थियो । राष्ट्रिय गान धुनसहित कार्यक्रमलाई औपचारिकता दिएका थिए । ज्ञात अज्ञात सहिदहरु प्रति मौन धारण गर्दै कार्यक्रम अगाडी बढाइएको थियो । स्थापनाकालदेखि आफ्ना शैक्षिक वातावरणको सिर्जनासँगै गुणस्तरीय शिक्षा दिनमा खेलेको योगदानको उच्च प्रशंसा नगर प्रमूख चौधरीले गर्नुभयो ।
शिशु कक्षादेखि ५ बर्षसम्मका बालबालिकाले आ आफ्ना कला स्टेजमा प्रस्तुत गरेका थिए । कार्यक्रम स्थलमा विधार्थीहरुले आफ्ना मिहिनेतले बनाएका बिभिन्न किसिमका सामाग्रीसमेत प्रदर्शन गरिएको थियो । पहिलो दिनको कार्यक्रममा विद्यार्थीका अभिभावकहरू आ आफना जातीय पहिरनमा कार्यक्रममा सहभागी भएका थिए । सञ्चालित कार्यक्रम लगातार दुई दिनसम्म चल्ने विद्यालय प्रशासनले जनाएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी