नवसंग्राम दैनिक
लहान, १९ फागुन । वैदेशिक रोजगारको लागि दूई दर्जनबढीसँग पैसा ठगी गरेको आरोपमा एक जनालाई लहान प्रहरीले पक्राउ गरेका छन् । सिरहाको लहान २१ माधोपुरका किशोरी साहले सिरहा र धनुषाका दूई दर्जनबढीसँग १४ लाख बढी रकम ठगी गरेको छ ।
अधिकाँशलाई मलेशियाको मोवाइल उद्योगमा काम लगाइदिने भनी रकम ठगी गरेको छ ।
किशोरी साहले लहान २१ का रामलोचन यादव (३५ हजार), अमरनाथ साह (९० हजार), धमेन्द्रकुमार सुडी (६० हजार)सँग ठगी गरी विदेश नपठाएको आरोप छ । लहान २० कल्याण चौधरी (६५ हजार), राधेश्याम विक र नवराज विकसँग १ लाख ९ हजार रकम लिएको छ ।
त्यसैगरी, लहान ११ का अमृतचन्द्र चौधरी (५५ सय), लहान १९ का शिवशंकर साह(३० हजार) , लहान २ का मो.सलमान(५० हजार), लहान १९ का उमेश साह (३० हजार) बैदेशिक रोजगारको लागि किशोरी साहले ठगी गरेको छ ।
यसैगरी, मिचैयाका रविन पासमान (७० हजार), संजयकुमार साह (३५ हजार), प्रमोद साह (३२ हजार), अमृतकुमार साह (४० हजार) ,खडकबहादुर श्रेष्ठ (६० हजार), राजकुमार श्रेष्ठ (३० हजार), अमिरकुमार पासमान (३० हजार) साहले ठगी गरेको छ । गोलबजारका जगदीश पण्डितसँग (४४ हजार) ठगी गरेको छ । धनगढीमाई तिनकोनीका नरेश सिँहसँग (७० हजार) र सखुवान्नकारकट्टी २ का पुन्यानन्द चौधरीसँग (९० हजार) ठगी गरेको छ ।
यस्तै धनुषाका शशिकुमार साह (३० हजार), प्रमोद सिँह (३० हजार), शशि पंजियार (७० हजार), राकेश हाथी (३२ हजार) गरी करिब १४ लाख ठगी गरेको दावी छ । ठगिएका प्रमोद सिँहले ‘यो ६—७ महिनादेखि हामीलाई मलेशिया काममा पठाइदिन्छु ।’‘तर, नपठाएकोले प्रहरीमा निवेदन हालेको छु ।’ ‘यस मध्ये ६ जनालाई काठमाण्डौ लगेर फिर्ता गरिदिए ।’ ‘त्यसपछि उनीमाथी विश्वास उठिसके , अनि पैसा फिर्ता माग गर्दा आजभोली गर्छन् ।’ आज ईलाका प्रहरी लहानले किशोरी साहलाई पक्राउ गरेपछि दूई दर्जनबढी पीडितले घेराउ गरेका थिए ।
लहान प्रहरीका मुना साहले किशोरीलाई संरक्षण गर्दै प्रहरी कार्यालयको प्रागंनमा पत्रकारलाई रिर्पोटिग गर्न समेत रोक लगाएका थिए । फोटो खिच्न समेत रोक लगायो ।