नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Dec 31, 2022
लहानको मिथिला मेनपावरले पठाएको १४ जना मलेशियामा अलपत्र
 दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक)
लहान, १६ पुस । मिथिला मेन पावर लहानले वैदेशिक रोजगारमा पठाएका १४ जना मलेशियामा अलपत्र परेका छन् । 
मोबाइलको मेमेरी कार्ड बनाउँने काममा पठाएका  सिरहा, सप्तरी, धनुषा र रौतहटका युवाहरुलाई शारिरीक यातनासँगै कम्पनीबाट निकालेर सडकमा झोला फालिदिएको छ । कोठामा बस्न खान समेत नदिई उनीहरुलाई कुटपिट गरी बाहिर निकालेको छ । 
लहान १ की अनिता रामले ‘मेरो छोराको विदेश शितला एजेन्टले पठाएको छ ।’‘एजेन्टले ३ लाख रुपैयाँ लिएको छ ।’‘अहिले मेरो छोराको समस्या भएको छ ।’‘न खान पाएको छ, न बस्न पाएको छ ।’‘कोठाबाट निकालिदिएको छ ।’‘मेन पावरमा भन्न जाँदा उल्टै धम्क्याउँछ ।’‘मेन पावरमा तालाबन्दी गरेपछि प्रहरी गएर खोलिदिएको छ ।’‘छोराले फोन गरेर रुन्दै भने गरेको छ ।’‘एजेन्टले दूई महिनादेखि मेरो छोरालाई अलपत्र पारिदिएको छ ।’ 
कात्तिक १८ गते पठाएका मिथिला मेन पावरका महेन्द्र साह र शितल यादवले काठमाण्डौ स्थित रहेको टाइलेन्ट ओभरसिज मेन पावरलाई सप्लाई दिएको थियो । टाइलेन्ट ओभरसिजले अवैद्य रुपमा पठाएको पीडितपक्षको दावी छ । मलेशियामा अलपत्र परेका लहान १ का विष्णुकुमार राम, विशाल गुप्ता, सलिम देवान, संदीपकुमार राम, नेवालाल महरा, श्यामसुन्दर, सँजय मण्डल,  दिपो केवट, विष्णुदेव मण्डल, दीपेन्द्र चौधरी, आशिष कोण, राकेश सिँह र मो.समसुदीन लगायतका छन् । उनीहरु विभिन्न जिल्लाका छन् । उनीहरुलाई मलेशियामा कडा  विल्डिँग कन्ट्रक्शनको काममा लगाउँदा जोखिम मौल्नु पर्दा असमर्थ भएको छ । चाहेको काम नदिएकोले उनीहरु समस्यामा परेका छन् । पीडितपक्षले आफ्ना छोरा फिर्ता बोलाइदिन ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् । मलेशियामा नेपाली राजदुत, मेन पावरमा कुरा गर्दा समेत उनीहरुलाई वेवस्ता गरिएको पीडितपक्षले बताएका छन् । 
मेन पावरपक्षका महेन्द्र  साह र शितल यादवले उनीहरुलाई छिटै फिर्ता बोलाउँने झुठो अस्वासन दिने गरेको छ । यता, दूई महिना हुन लाग्दा उनीहरुलाई रोजेको काम दिएका छैन । न त फिर्ता बोलाउँन सकेको छ । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीले ‘छलफलबाट भएन भने श्रम विभागबाट समन्वय गरी कारवाही गर्ने’ बताएका छन् ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी