दिनेश्वर गुप्ता
लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ । भारतमा काम लगाइदिने कुरा गर्छन् । स्कूल अब जादैन अर्का १० बर्षीय छोरा रवी । दिनभरी दुवै छोरा मिलेर कवाडीको काम गरेर जीवन चलिरहेको छ । म पनि काम गर्छु, चाहेको जति ज्याला नआएपछि छोराछोरी नै घर टेकेका छन् लहान १ का लक्ष्मण सदाय बताउँछन् ।
लक्ष्मण सदाय अगाडि थपे— एजेन्ट पटक पटक आउँछन् । समाद पठाउँछन् । तिम्रो छोराको लागि राम्रो काम खोजिदिएको छु । मेरी पत्निले मानेका छैन । अग्रिम ७ हजारसम्म दिन तयार भएको छ । छोरीको विवाह पनि गर्नुपर्ने हो । यहाँ रोजगारी छैन । के गर्ने ? दोधारमा छु । गञ्जीसमेत नलगाएका नाँगो जिउ सडक पेटीमा बसेका उनी बताउँछन् ।
धनगढीमाई ६ हनुमाननगर कुर्वा बस्ने कान्छा सदायले एजेन्टबाट घर पेश्की ५—७ हजार लिएर मेरो गाउँका अधिकाँश केटा भारतमा रोजगारीमा छन् । त्यसमा १८ बर्ष भन्दामाथी केही छन् । अरु त १८ बर्ष मुनीकै छन् । गरिबीको कारण मुसहर बालबालिका मात्रै होइन । चमार, दुसाद, खत्वे, तत्मा, वातरलगायतका दलित समुदायका बालबालिका विद्यालय छाडेर रोजीरोटमै जीवन चलाउँन बाध्य छन् ।
विद्यालय भर्ना भएका बालबालिका आफ्ना पेट पाल्नको लागि होटल, कलकारखाना, घरेलु काम गर्न जाने गरेका छन् । बीचमै पढाइ छाडेर बालकहरु भारततर्फ जाने गर्छन् । बालिकाहरु आफ्नो घर, स्थानीय होटल, अरुको घरमा भाडावर्तन माझ्न जाने गर्छन् । कृषि कार्यमा न्यून ज्यालामा काम गर्न बाध्य छन् उनीहरु । यसमा अभिभावकले भारत पठाउँने एजेन्टसँग थोरबहुत अग्रिम रकम लिएर छोरालाई जिम्मा दिने गरेको छ । उता, एजेन्टले बर्षोबर्ष काम लगाएर अभिभावकलाई चाहेको जति रकम नदिने गरेको अवस्था छ ।
विद्यालय छाडेकाहरु जोखिम काममा
लहान १ का १५ बर्षीय जुम्लाहा दाजुभाई बुदी र बुदिआ सदाय कक्षा ६ नपढ्दै कामको लागि भारतको दिल्ली पुगेका थिए । दिल्लीको एक उद्योगमा बोरा कार्टुन लोड अनलोड गर्ने काम पाएका थिए । महिना दिनसम्म काम गरेपछि पैसा माग गर्दा बुदी सदायलाई कुटपिट गर्दा उनी त्यहाँबाट भागेर घर फर्किएका छन् ।
भारतको कर्णालमा काम गर्न गएका लहान ११ का उत्तम सदायलाई साहुजीले कुटपिट गरि मारेका छन् । काम गरेको ज्याला माग गर्न जाँदा उत्तमलाई उनका साहुजीले कुटपिट गरेका थिए । घाईते उत्तमलाई उपचार नगर्दा १० दिनमा उनको ६ महिना अगाडि मृत्यू भएको छ । सोमनीदेवी सदायले मृत्यू भएपनि कुनै कानुनी कारवाही गर्न सकिएन । न त उनका परिवारलाई कुनै किसिमको राहत नै दिएनन् ।
बीचमै विद्यालय छाडेका बालकहरु मिलमा बोरा बोक्ने, उद्योगमा रासायिनिकयुक्त काम गर्ने, खेतीकिसानी, घरेलु काम गर्ने, होटल, कलकारखाना, ठेला चलाउँने, कवाडी टिप्ने जस्ता जोखिम, निकृष्ट तथा बालश्रम जस्ता काम गर्छन् । यहाँबाट एजेन्टहरुले महिनाको १२—१३ हजार भारु तलब भनेर लैजाछन् । त्यहाँबाट मोहरको दरमा तलब दिने गरेकोले रामकिसन सदायले ६ महिना काम गरेर फर्किएका छन् । रामकिसनले एक त जोखिम काम गराउँछन् । त्यसमा पनि तलब मोहरमा मिलाएर एजेन्टमार्फत दिने गरेको छ । अब म भारत जान नै छाडिसके उनी बताउँछन् ।
यहाँबाट गएका १० देखि १३ बर्षका बालबालिकालाई भारतमा साडीमा कढाई, होटलमा भाडावर्तन माझ्न, कवाडी संकलन जस्ता काममा लगाउँने गरेको छ । काम गर्न नसकिने बालबालिकालाई यातना दिएपछि त्यहाँबाट भागेर अलपत्र समेत परेका छन् ।
एजेन्टको दवाव र कमिशन
सिरहा जिल्लामा १ लाख ६ हजार दलित समुदायको बसोबास छन् । त्यसमा ४२ हजार भन्दा बढी मुसहर छन् । एजेन्टहरु कमिशनको चकरमा विद्यालय, मुसहर गाउँवस्तीमा पुगेर अभिभावकलाई अग्रिम रकमको लोभ दिने गरेको छ । पटक पटक दवाव दिएपछि अभिभावकले बीचमै पढाई रोकेर बालबालिकालाई एजेन्टलाई जिम्मा दिने गरेको छ ।
एजेन्टलाई भारतका उद्योग कलकारखाले कामदारपिच्छे कमिशन दिने गरेकोले बीचमै पढाई छोडाएर बालबालिकालाई लैजाने गरेको छ । बालबालिकालाई विद्यालयमा निरन्तरन्ता दिन एजेन्टलाई प्रतिबन्ध गर्नुपर्छ । जिल्ला प्रशासन कार्यालय सिरहाका सिडियो लालबाबु कवारीले यस्ता एजेन्टलाई उमेरको ख्याल गरी सही काममा लगाउँनुपर्ने हो । एजेन्टविरुद्ध उजुरी नै आउँदैन । उनीहरु भारतमै बसेर मान्छे खटाएर चोरीलुकी बालबालिका भारत पुर्याउँने गरेको बताउँछन् । सिरहामा मात्रै यस्ता एजेन्ट लगभग चार दर्जनबढी छन् ।
जोखिममा परेका बालबालिकालाई उद्धार
भारतको विभिन्न शहरमा काम गर्न पुगेका बालबालिका त्यहाँको अनाथालयमा फेला पर्ने गरेको छ । काम गर्दा गर्दै साहुजीले कुटपिट गर्दा भागेका, एजेन्टले कडा काम लगाएपछि त्यहाँबाट भागेका बालबालिका यथेष्ट छन् । कार्यस्थलबाट अलपत्र परेका बालबालिकालाई आव ०७७ । ०७८ मा जिल्ला प्रशासनको सहयोगमा २७ जनालाई उद्धार गरिएको छ । मधेश प्रदेशभरी सोही बर्ष ४७ बालबालिकालाई उद्धार गरिएको छ ।
दलित जनकल्याण युवा क्लव, लहानका सुर्यनारायण रामले प्रशासनको सहयोगमा भारतको इलाहावाद, दरभंगा, बनारसबाट उनीहरुलाई उद्धार गरेर ल्याए । यसमा अधिकाँश १५ बर्षमुनीका मुसहर बालबालिका छन् । यिनीहरुलाई क्लबको सहयोगमा ड्रेस किनेर विद्यालय भर्ना गराइदिए । तीन महिनापछि अनुगमनमा पुग्दा फेरी विद्यालय छाडेर गएको पाइयो ।
रामले अगाडि थपे घरमा राम्रो खान नपाउँने । कहिलेकाही भोकभोकै बस्नु भन्दा खानपानको लोभमा विद्यालय छाडेर भाग्ने गरेको छ । अभिभावकमा पढाएर के गर्ने नेपालमा रोजगारी छैन । पढाएर काम पाउँदैन अभिभावकको मनसाय नै बनिसकेको उनी बताउँछन् ।
बालअधिकार
संविधानले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वागीण व्यक्तित्व विकासका साथै प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक प्रत्याभूत गरेको छ । योसँगै बालश्रम ऐन २०५६ मा १८ बर्ष पूरा नगरेका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन नपाउँने व्यवस्था छ । वेदैशिक रोजगारमा बालबालिकालाई पठाउँने प्रावधान नरहेको र १५ देखि १८ बर्षका बालबालिकालाई स्वदेशमै शिपमुलक काममा लगाउँन सकिन्छ । तर, एजेन्टको दवाव र अभिभावकले रकम लाभको आशमा छिमेकी मुलुक पठाउँने गरेको छ । रोजगारीका अभाव झेलिरहेका अभिभावक तथा गरिबीले थिचिएका घरपरिवारले आफ्ना बालबालिकालाई विद्यालय नपठाएर रोजीराटीमै जीवन झेल्न लगाउँने गरेको छ । यसमा पनि मुसहर समुदायका अधिकाँश बालबालिका विद्यालय छाडेर रोजीरोटीमै जीवन झेल्ने गरेको छ । यसरी बालबालिकालाई विद्यालयमा निरन्तन्ता दिन सरोकारवाला निकायले सक्रियता देखाउँन अग्रसर हुनुपर्छ ।
विद्यालयमा निरन्तन्ताको लागि समस्या र समाधानका उपाय
सामुदायिक विद्यालयमा ८० प्रतिशत दलित बालबालिका छन् । यसमा अधिकाँश मुसहर बालबालिका बीचमै पढाइ छाड्ने गरेको छ । क्लबका सुर्यनारायण रामले मुसहरको आफ्नो जग्गा हुँदैन । अधिकाँश सुकुम्वासी छन् । जनबैनमा सात किलो धान ज्याला पाउँछन् । त्यो धानको १५० रुपैयाँ जति हुन्छ । यो अवस्थामा केटाकेटीलाई पढाउँन त परै जायोस् आफ्नो पेट पालन गाह्रो हुने गरेको छ । जसले विद्यालय भर्नाको बेला भर्ना हन्छ । तर, केही दिनमै विद्यालय छाडने गरेको छ । ड्रेसको लोभमा बालबालिका केही दिन विद्यालय जाने गरेको राम बताउँछन् ।
अधिकाँश प्रावि निमाविमा शिक्षक पूर्ण सँख्यामा हुँदैन । पाँच कक्षासम्म संचालन रहेको विद्यालयमा दूई तीन शिक्षक मात्र रहन्छन् । त्यसमा कक्षा खाली हुँदा विद्यार्थीहरु निस्किने गर्छन् । लहान ११ स्थित रहेको श्री आधारभूत विद्यालय पिररवोनी कक्षा ८ सम्म संचालन रहेको छ । तर, शिक्षक चार जना मात्र छन् । यो एउटा उदाहरण मात्र हो । मधेश प्रदेशमा अधिकाँश सामुदायिक विद्यालयमा शिक्षक सँख्या पूर्ण छैन ।
योसँगै कति विद्यालयमा बालबालिकालाई खाजा नदिई अभिभावकलाई नै १५ रुपैयाँको दरमा रकम दिएर सही छाप गराउँदै आएको छ । यसैले कक्षामा विहान १० देखि दिउँसो ४ बजेसम्म भोकै बस्नु परेकोले बालबालिका विद्यालय जान नै मान्दैन ।
समाधान
— अभिभावकलाई रोजगारीसहित चेतनामुलक कार्यक्रममा सहभागी गराउँनुपर्छ ।
— प्रत्येक दलित वस्तीमा एक घण्टा साँझ र एक घण्टा विहान ट्युशनको व्यवस्था गर्नुपर्छ ।
— दलित बालबालिकाको लागि स्थानीयतहले विशेष योजना बनाउँन जरुरी छ ।
— प्रत्येक विद्यालयमा कक्षा पिच्छे कक्षागत शिक्षक अनिवार्य गर्नुपर्छ ।
— खेलकुद, मनोरञ्जन, हाजिरी जवाफ प्रतियोगिताको व्यवस्थापन गर्नुपर्छ ।
— युग अनुरुप कम्प्युटर कक्षा अनिवार्य गर्नुपर्ने ।
— शिपमुलक कार्यक्रम विद्यालयभित्रै गराउँनुपर्ने ।
— आमा समूह गठन गरी प्रत्येक महिना विद्यालयमा अन्तरक्रिया गराउँनुपर्छ ।
— खाजाको राम्रो प्रबन्ध नभएको र त्यसको राम्रो प्रबन्ध गर्नुपर्ने हो ।
— चित्रवृत निर्माण र यसको प्रदर्शन विद्यालयमा गर्नुपर्छ ।

