नवसंग्राम दैनिक
लहान, २६ मंसिर । गँहुको लागि खेत तयारी गरिरहेका किसानको लागि डिएपि मलको अभाव भएको छ ।
मलको अभावमा किसानहरु मंसिर अन्तिम सत्तामा पनि गँहु छर्न पाएका छैन । गँहु खेती समयमा गर्न नपाउँदा सिरहाका किसान यतिबेला चिन्तित छन् ।
यता, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड लहानमा युरिया मल मात्र रहेकोले गँहु खेतीको लागि चाहिने डिएपी ल्याउँन नसकेको स्थिति रहेको कार्यालय प्रमुख जितेन्द्र साहले बताए । कृषि समाग्री कम्पनी लिमिटेड लहानको गोदाममा किसानले चाहेको जति डिएपी नभएकोले वितरण गर्न सकस छ । साल्ट ट्रेडिङ लहानका एक कर्मचारीका अनुसार डिएपी मलको ठाउँमा एसएसपी मल आएको छ । तर, सहकारी संस्थाले यो मलप्रति विश्वास नगरेकोले किसानमा नपुगेको अवस्था छ । अर्कातीर पालिकाको सिफारिस समेत यो मलप्रति ध्यान नदिएकोले गँहु खेतीको लागि मल अभाव भएको हो । किसानलाई गँहुको लागि डिएपी मल नै माग रहेको उनले बताए ।
सिरहामा गँहु खेतीको लागि ८० हजार बोरा मल चाहिन्छ । जहाँ सरकारले २२ हजार बोरा मल दिने गरेको छ । त्यसैगरी धान खेतीको लागि सिरहामा कम्तिमा १ लाख ५० हजार बोरा मलको खाचो रहेको छ । जहाँ सरकारले सिरहाको लागि ४० हजार बोरा मल दिने गरेकोले कृषि उत्पादनमा समस्या झेल्न बाध्य छन् यहाँका किसान । भारतीय सिमामा कडाई गरेपछि किसानले ल्याउँदै गरेको मल रोकिएको छ । भारतबाट किसानले दूई चार बोरा ल्याउँदा सीमानाकामा रहेका नेपाल प्रहरीले कमिशन माग गर्ने गरेकोले कृषि उत्पादनमा समस्या भएको छ ।
केही समयता, चुनाव जितेका जनमत पार्टीका प्रदेश सांसद संजय यादवको टोलीले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको गोदाम अनुगमन गरेका थिए । विजयोत्सको धक्कधकीले अनुगमन गरेपनि सरकारबाट मल उपलब्ध गराउँन नसकेकोले किसानहरु मल नपाएको ठहर छ ।
किसानले गेहुँ बिउ र मलको अभाव खेपिरहदा किसानलाई साहाराको कुनै बाटो देखिएको छैन, सरोकारवाला मौन छन् । किसानलाई मलको अभावमा गँहु खेती गर्न सकस भएको छ ।