नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
स्थानीय समाचार :
Dec 11, 2022
हरवा चरवाको जीवन मधेसमा आधुनिक दासत्व, अधिकारकर्मी बेखबर
 दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक)
लहान, २५ मंसिर ।  हरवा चरवाले मानव अधिकारको न्यूनतम अधिकारबाट बंचित रहेपनि सरोकारवाला निकाय त्यसतर्फ ध्यानाकर्षण नभएको    गुनासो छ । 
आफसहरूले स्वतन्त्र पूर्वक मजदुरि वा ज्याला समेत गर्न नपाए दुखेसो पोखेकी जिल्ला हरवा चरवा अधिकार मञ्च सिरहाकी अध्यक्ष राधा चौधरि । उनी अगाडि थप्छीन् —जबसम्म मालिक वा गिरहतको खेतबारी, घर वा मालिकको काम सम्पन्न नभएपछि अरू ठाउँमा ज्याला गर्न पाइदैन् । मानव अधिकार त धनी वा जमिन्दारको लागि मात्र रहेको छ । धनाढयहरूको लागि मात्र मानव अधिकार रहेको जिल्ला हरवा चरवा अधिकार मञ्च सिरहाका उपाध्यक्ष चलितर मण्डल बताउँछन् ।
उपाध्यक्ष मण्डलले भने हरवा चरवाले संगठित भएर आवाज उठाएपनि आफुहरूको आवाज कुनै सरकारले नसुनेको नत मानवअधिकार बादिले समेत सुन्न चाहन्छ । 
७४ आंै मानव अधिकार दिवसको अवसरमा द फ्रीडम फण्डको सहयोगमा मधेस प्रदेशको सिरहा जिल्लामा राष्ट्रिय दलित नेटवर्क आरडिएन काठमाडौंले संचालन गरेको गरेको छ । सो अन्तरगत सबल परियोजना अन्तरगत सिरहा जिल्ला हरवा अधिकार मञ्च सिरहाको बिस्तारित बैठक जिल्ला अध्यक्ष श्यामसुन्दर सदाको अध्यक्षको अध्यक्षता बैठक उत्साहपूर्वक सम्पन्न सो कार्यक्रममा यस्तो गुनासो पोखेका छन् ।
कार्यक्रमका सभाध्यक्षता गरिरहेका जिल्ला हरवा चरवा अधिकार मञ्च सिरहाका अध्यक्ष श्यामसुन्दर सदाले मानव अधिकारको आधार भुत मूल्य मान्यता समेत हामी बंचित रहेको बताउँछन् । ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरंजन हरवा चरवाको लागि कागलाई बेलपाकेको जस्तो छ । हरवा चरवा समुदाय मालिकको काम गर्ने कुनै समय सिमा हुँदैन । उसको ऋण चुक्ता गर्न दुई तीन पुस्ता काम गरेपनि ऋण सकिदैन सदा बताउँछन् । 
०७९ श्रावण २ गते  प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण मुत्तिको सहितहरवा चरवाको मुत्तिको घोषणा गरेको भएपनि  कागजमा सिमित छ । 
कार्यक्रम राष्ट्रिय दलित नेटवर्क काठमाडौंका जनवकालत अधिकृत संजय महराको समेत सहभागी रहेको थियो । राष्ट्रिय दलित नेटवर्क काठमाडौले मधेस प्रदेश को ८ वटै जिल्लाका हरवा चरवा समुदायको अधिकारको लागि क्रियाशिल रहेको जनवकालत अधिकृत संजय महराले जानकारी दिए । मधेस प्रदेमा १ लाख भन्दाबढी हरवा चरवाको संख्या रहेको छ । हरवा चरवा मानव अधिकारको दृष्टिकोणले मधेस प्रदेशमा आधुनिक दासत्वको जीवन विताइरहेका छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी