नवसंग्राम दैनिक
लहान २५ मंसिर । ‘घर अगाडि फोहर हैन,फुल रोपौ’ भने मूल नाराका साथ डेभलपमेन्ट अफ नेपालका युवाहरु स्वच्छता अभियानमा जुटेका छन् ।
युवाहरु सो अभियानको थालनी लहानको तरकारी बजारबाट सुरु गरिएको छ । अभियानकै शुरुमा युवाहरुले तरकारी बजारको सरसफाइ गरी फोहोर उठाएका छन् ।
हाम्रो नगर सफा सुन्दर शहर भने नाराको साथ सयौं युवाहरुले अभियानमा कसिएका छन् । महिनौं दिनदेखि थुपरिएको फोहर युवाहरुले उठाएका छन् ।
सप्तरीका महादेवा गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत दिलिप कुमार यादवको नेतृत्वमा युवाहरुले अभियान सुरु गरिएका हुन् । वातावरण पदूषणबाट हुन् बाट रोकौ,अनावश्यक जथाभावी फोहोर मैला नफालौ,घर अगाडि फोहर हैन फुल रोपौ बाटो प्रदुषणबाट रोकौ,खाली जमिनमा बृक्षारोपन गरौं,फोहर ब्यवस्थापनमा लागौं भने दर्जनौं नाराहरु को साथ अभियानमा लागेका हुन् । एक कार्यक्रमको आयोजना गरि लहान बजारलाई सफा र सुन्दर बनाउन जोड दिएको अभियानका नागेन्द्र यादवले बताए ् । युवाहरुको अभियान सफलताको नेपाल पत्रकार महासंघ सिरहा शाखाको अध्यक्ष मनोज बनैताले गरेका थिए ।