नवसंग्राम दैनिक
लहान, २१ मंसिर । नेपाल मानव अधिकार संगठन, सिरहा शाखाको अध्यक्षमा पत्रकार तथा समाजसेवी विमल ठाकुरलाई चयन गरेको छ ।
नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य राजकुमार राउतका अनुसार अधिकारकर्मीहरुको एक भेलाले अध्यक्षमा विमल ठाकुरलाई मंसिर १ गते निर्विरोध चयन गरेको हो । यसलाई थप विस्तारको लागि मंसिरमसान्तमा समय दिइएको छ । सोही अनुरुप विस्तारित समितिले काम गर्ने जनाएको छ ।
मानव अधिकार संगठन सिरहामा विगत लामो समयदेखि सक्रिय रहेको छ । अगामि दिनमा यो ठाकुर नेतृत्वको समितिले थप उर्जावान बनाउँन सकियो भन्दै मधेश मिडिया मिशन नेपालका टिमले शुभकामना दिएको छ ।