नवसंग्राम दैनिक । सौगात एफएम
लहान, १९ मंसिर । बैंक अफ काठमाण्डौको लहान शाखाबाट जम्मा गरिएको रकम गायब भएको सार्वजनिक भएको छ ।
बैंक अफ काठमाण्डौमा लहान ३ की रानीवती पालको नाममा रहेको खात्ता नम्बर २०४५०००००२२४५२४ बाट ४५ हजार ट्रान्सफर भएको छ ।
सन् २०२२ जुन १३ तारिकको मितिमा जम्मा गरिएको ४८ हजार मध्ये ४५ हजार रकम ट्रान्सफर भएको बैंकका मेनेजर सन्देश पोखरेलले बताए ।
मेनेजर पोखरेलले ‘बैंकबाट पैसा ट्रान्सफर भएको ६ महिना हुन थालेको छ ।’ ‘ट्रान्सफर भएको बेला उनको मोबाइलमा माइजेज जानु पर्ने थियो ।’ ‘तर, उनले भने माइसेज नै आएन, यो कस्तो भयो ?’‘ यहाँ चेक गर्दा ईसेवामार्फत पैसा ट्रान्सफर भएको देखिन्छ ।’ ‘यो कसको नाममा हो, त्यो पता लगाउँन समय लाग्छ ।’‘निवेदन दिएको छ, कम्तीमा तीन दिनको समय दिनुस् ।’ ‘पता लगाएर पैसा फिर्ता ल्याउँने छु ।’
पैसा फिर्ताको लागि रानी पालले बैंकसहित ईलाका प्रहरी कार्यालय लहानमा समेत निवेदन दिएको छ । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीले ‘ बैंकलाई इन्क्यारि गरेर चाडै पैसा फिर्ता हुन्छ होला ।’
बैंकबाट ह्याकरले पटक पटक रकम ट्रान्सफर चोरी भइरहेको छ । पीडित पालले ‘म कसैलाई पैसा ट्रान्सफर गरेका छैन ।’‘सुरक्षाको लागि बैंकमा पैसा राखे ।’ ‘पैसा झिक्न जाँदा अन्तै ट्रान्सफर भएको सुन्दा अच्चम परे ।’ ‘मलाई मेरो पैसा फिर्ता चाहिन्छ ।’ उनी बताइन् ।
यस अघि २०७६ मा कृषि विकास बैंकका लहान शाखाका दुई जना कर्मचारीको खाताबाट रकम चोरी भएको थियो । ह्याकरको समूहले सिस्टम ह्याक गरेर काठमाडौंको न्युरोडबाट उक्त रकम चोरी गरेको थियो ।
लहान शाखाका शाखा प्रमुख र ऋण शाखा प्रमुखको खाताबाट रकम चोरी भएको थियो । बैंकबाट करिब ३ करोड रुपैयाँ विभिन्न व्यक्तिको नाममा ट्रान्सफर भएको थियो । कृषि विकास बैंकको खाताबाट रकम आफ्नो खातामा ट्रान्सफर गरेर रकम झिक्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेका थिए । लहानमा यस्तो ट्रान्सफर अधिकाँश बैंकबाट हुने गरेको छ । यस्तो घटनालाई सार्वजनिक नगर्न ग्राहकलाई बैंकले दवाव दिने गरेको छ । ग्राहकको लापरवाहीले समेत यस्तो घटना हुँदैछ ।