एमाले जसपा उम्मेदवारलाई विजय गराएर पठाउँनुस् सिरहामा विकासको आँधीबेहिरी ल्याईदिने ः अध्यक्ष उपेन्द्र यादव
दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक)
लहान,२६ कात्तिक । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज सिरहाको दूई चुनावी सभामा एमाले जसपाका उम्मेदवारलाई विजय गराउँन आव्हान गर्नुभएका छन् ।
अध्यक्ष यादव आज विहान सिरहाको कल्याणपुरमा जसपा एमाले सँयुक्त सभालाई सम्बोधन गर्दै सिरहाका चारै क्षेत्रका उम्मेदवारलाई जिताएर पठाउँनुस् विकासको आँधिबेहिरी नै ल्याउँने प्रतिबद्धता गर्नुभयो ।
सिरहामा विशेष विकासको खाचो छ । योसँगै यहाँको साँस्कृति पहिचानसहित शिक्षा, स्वास्थ्य र रोजगारी सिरहाली जनताले चाहेकोले यसको पूर्ती जसपा एमाले सँयुक्तका सरकारले पुरा गर्ने अध्यक्ष यादवले बताउँनुभयो । आजै बेलुका सिरहा क्षेत्र १ ख सखुवानन्कारकट्टीमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले एमाले जसपाको संयुक्त सरकार बन्ने तयारी रहेकोले सिरहाका उम्मेदवारलाई अत्यधिक मत दिएर पठाउँन आग्रह गर्नुभयो ।
सिरहा १(ख)ः एमाले–जसपा उम्मेदवार रामशंकर यादव , प्रदेश क का उम्मेदवार राजेन्द्र चौधरी र राजकुमार राजु गुप्ताको चुनावी सभामा जनसागर उर्लिएका थिए । सखुवानन्कारकट्टी ३ परियारपुर चौकमा जसपा र एमाले संयुक्त चुनावी भेलामा जसपाका केन्द्रिय कार्यकारी सदस्य प्रकाश अधिकारी, केन्द्रिय सदस्य मौलाना खालिद सिद्दिकीलगायतले मन्तव्य राख्नु भएका थिए ।
कल्याणपुरमा एमाले–जसपा गठबन्धन सिरहा क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्व कानून मन्त्री लिलानाथ श्रेष्ठले सबै वर्ग र तहका जनताको साझा विकासका लागि गठबन्धन बनेको बताउँनुभयो । कार्यक्रममा प्रदेश उम्मेदवार सुरेश मण्डल लगायतले मन्तव्य राखेका थिए ।