लहान, २७ कात्तिक । ‘समृद्ध विकासको पुर्वाधार, स्टार मोडेल मुल आधार’ मुल नाराका साथ इन्जिनियर तेजनारायण यादव मधेश प्रदेशसभा सदस्यको लागि समानुपातिकमा उम्मेदवारी दिनु भएका छन् ।
मधेश प्रदेशका आठै जिल्लामा मत माग्दै उम्मेदवार यादवले ‘परिवर्तन सम्भव छ ।’ ‘नयाँलाई भोट, भ्रष्टाचारीलाई चोट’ भन्दै तारा छापमा मतदान गर्न आग्रह गरेका छन् ।
इन्जिनियरको जागिर छाडेर समानुपातिक उम्मेदवार बनेका यादवले ‘कृषि, स्वास्थ्य, शिक्षा, रोजगारीको लागि मुख्य अभियान रहेको बताएका छन् । उम्मेदवार यादवले ‘मधेशमा शिक्षा, स्वास्थ्य र कृषिमा आमुल परिवर्तनको खाचो छ ।’ ‘प्रविधियुक्त शिक्षा, निशुल्क स्वास्थ्य सेवा र मलखाद्य सिँचाईको विशेष व्यवस्थापन गरेपछि रोजगारीको बृद्धि हुने’ उनले बताएका छन् ।
‘योसँगै सचेतना बृद्धि, परम्परागत अभ्यास जस्ता समाजिक विकृतिविरुद्ध अभियानको खाचो रहेको उम्मेदवार यादवले बताएका छन् । ‘आमुल परिवर्तनको लागि मलाई भोट दिनुस् ।’‘सदन घेरेर भएपनि यस किसिमको माग पुरा गराउँन अवसरको खाचो रहेको’ उम्मेदवार यादवले बताएका छन् ।