नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Nov 08, 2022
अन्धविश्वासको महोत्सव भूत मेला बर्षभरी अर्बोे लगानीको कमला भूत मेलाले एकैदिनमै स्वाह पार्छ
  नवसंग्राम दैनिक
लहान, २३ कात्तिक । मधेश प्रदेश कति विकसित तथा चेतनशिल भइसकेको छ ? यो कमला खोलामा लाग्ने भुत मेलाले प्रमाणित गरेको छ । यस्तो अन्धविश्वासको पर्व झिझिया पनि हो । जहाँ सरकारले यस्ता बोक्सीलाई मान्यता दिएका छैन । कथित बोक्सी भनेर प्रहरी प्रशासनमा उजुरी पनि लिने गरेको छैन । बोक्सी भनेर बोल्ने पक्षलाई कारवाही गरिन्छ । यस्तो अन्धविश्वासको जालोमा मधेश प्रदेशका अधिकाँश नागरिक आज पनि कमला मेला पुगेर धामी झाक्री तथा बोक्सीको प्रमाणित गरिरहेको छ । यस्तो अन्धविश्वासको परम्परालाई प्रशासनपक्षले कहिले रोकिने ? व्यापक प्रश्न उठन थालेको छ । आज यस्तै बोक्सी तथा धामीझाक्रीको कथा बस्तुले मधेश प्रदेश गाजिएको छ । जहाँ जुन गाउँमा अन्धविश्वासको झेलमा दैनिक समाज विखण्डन भइरहेको छ । महिला हिँसा बढिरहेको छ । हत्याको घटना भइरहेको छ । विभेदको समाज निर्माण भइरहेको छ भने यस्ता अन्धविश्वास कथित बोक्सी धामीझाक्रीलाई प्रोत्साहन गर्न लगाइएको मेलाले के संदेश दिइरहेको छ  ? उता, अन्धविश्वास कथित बोक्सी धामीझाक्री विरुद्ध बर्षेनी गैरसरकारी तथा सरकारले सचेतना कार्यक्रम गरेर अर्बो खर्च गरिरहेको छ । तर, एकै दिनको मेलाले त्यो अर्बो रकमलाई स्वाह गरेको अर्को सावित गरेको छ । 
आज कमला नदीमा भूत मेला लागेको छ । सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा एकाबिहानैदेखि स्नान गर्ने श्रद्धालुहरूको घुइँचो लागियो ।
घरबाट हिजो साँझ धामी झाँक्रीसहित हिँडेका गाउँवासीहरू कमलाको उतराहिनी स्थान, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन् ।
कात्तिक पूर्णिमाममा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी झाक्रीले तान्त्रिक सिद्धि प्राप्त गर्ने जनविश्वास रहेको छ ।बर्सेनि धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौंदेखि रहिआएको छ । त्यसैले यसलाई भूत मेला भन्ने गरिन्छ ।
आजका दिन नयाँ–नयाँ धामी झाँक्री कमला स्नान गरेपछि तन्त्र विद्यामा निपुन हुने मान्यता छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । उक्त पानी पूजाअर्चना अथवा सुद्धि गर्न गंगाजल जस्तै पवित्र मानिन्छ ।
‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी‘’ यस्तै यस्तै आ–आफना इष्ट देवताकोको नाम फलाक्दै धामीझाँक्री मिर्दङ (मादल), झ्याली, ढोल पिपही जस्ता बाजाको तालमा कमला नदीमा शपथ ग्रहण गर्न पुग्ने गरेका छन् ।
कमला नदीको किनारमा प्रत्येक वर्ष आजकै दिन अर्थात कात्तिक पूर्णिमामा अनाौंठो भूतमेला लाग्ने गर्छ । धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगर लगायतका स्थानबाट ठूलो सङ्ख्यामा सर्वसाधारण स्नान गर्न आउने गर्दछन्। कमला नदीमा स्नान गरेपछि धामीझाँक्री बन्ने विश्वासका साथ देउता खेल्दै स्नानका लागि गाउँगाउँबाट आज बिहानैदेखि कमला नदीको तटमा पुगेका छन् । 
नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वासले स्नान गर्नेको सङ्ख्या बढ्दै गएको गणेशमान चारनाथ नगरपालिकाको गोदारका भोला साह बताउछन्। भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन्। मूलधामीले मन्त्र सिद्धी गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ। तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धीका लागि यस दिन पूर्णाहुती दिने चलन रहेको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका ७८ वर्षीय धामी रामसागर ठाकुरले बताए ।
उनले भने ,’ सदियौँदेखि तन्त्रविधामा सर्वसाधारणको विश्वास रहेको छ। पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्री हातमा बलेको आगोसहितको माटोको ढकना (भाँडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याइरहन्छन् । उनीहरु आफूमा आएको देउतालाई सिद्ध गर्न गङ्गास्नान गर्न आएका बताउँछन् ।’
धामीझाँक्री मादल, करताल, झाइल र ढोल पिपहीको सुर र तालबीच यिनीहरुको कर्कश स्वरले भय उत्पन्न हुने खालको वातावरण देखिन्छ। स्नानको समयमा मूलधामीले लोक भाकामा गीतसमेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा ‘महराइ’ भन्ने गरिएको छ । आफ्नो गाउँमा धामीलाई डोहो¥याएर कमला र गङ्गासागर स्नान गर्न ल्याएका वटेश्वर गाउँपालिका ५ शान्तिपुरका धामी रामसोगारथ महतोले शरीरमा देउता चढ्नेलाई यहाँ ल्याउने गरिएको बताउँछन् । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी