नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
सामाचार
Nov 02, 2022
चाइना कम्पनीले लोकमार्ग निर्माणमा ढिलाई गर्दा दुर्घटनाको जोखिम
 दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक)
लहान, १७ कात्तिक । लोकमार्ग अन्तरगत सिरहा सप्तरीको कंचनपुर–कमला खण्डको सडक निर्माणमा ढिलाई भएपछि दुर्घटनाको जोखिम बढेको छ ।
देशकै लाइफ लाइन रहेको लोकमार्ग सडक चार लेन बनाउँने तयारी गरिएपनि सिरहा सप्तरी अन्तरगतको कंचनपुर कमला खण्डको निर्माणमा ढिलाई हुँदा दुर्घटनाको जोखिम बढेको जनगुनासो छ ।
निर्माणको लागि ठेक्का लिएका चाइना रेल्वे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनीको ढिलासुस्तीको करण सडक भत्किएको अवस्थामा पुगेको छ । सडकको दुवैपट्टी खनेर छडदा दुर्घटनाको जोखिम बढेको छ । त्यतीमात्र नभइ पुल र कल्भर्ट निर्माणको लागि सडक खनेर छोडदा दैनिक जसो दुर्घटना हुँदै गरेको छ । आयोजनाको हालसम्मको प्रगति हेर्दा काम समयमै सम्पन्न नहुने देखिएको छ । निर्माण कार्यमा ढिलाई हुँदा सर्वसाधारणलाई आवतजावत गर्न सास्ती खेप्नु परेको छ । ठाउँठाउँमा हिलोपानीले सवारी साधन आवतजावत गर्न असहज भएपछि व्यापार व्यावसाय चौपट भएको व्यापारीहरुको गुनासो छ ।
लोकमार्ग सडकमा बस, ट्रक, ट्याक्टर, मोटरसाइकल लगायत दैनिक हजारौं सवारीसाधन गुड्छ्न् । गाडी चलाउन निकै समस्या हुने गरेको लहान ७ का अमर गुप्ता बताउँछन् । उनले अगाडि थपे ‘गाडीको जाम , कुन ठाउ खाल्डो छ, ढुङगा छन भन्ने थाहा नै हुदैन ।’  ‘सडक निर्माण कार्य चाडो सम्पन्न भए सडकमा निर्धक्क गाडी चलाउने रहर छ ।’
सिरहा र सप्तरी जिल्लामा रहेको यो खण्डको लम्बाइ ८७ किलोमिटर छ । हालसम्म १५ प्रतिशत काम भएको विभागले बताएको छ । यो खण्डमा ५४ वटा पुल, आठ वटा अण्डरपास दुइटा फ्लाइ–ओभर निर्माण गर्ने योजना छ । १५ अर्ब ६६ करोड रूपैयाँ लागत अनुमान गरिएको यो खण्ड निर्माण सन् २०२३ अक्टोबरसम्म सम्पन्न गर्नुपर्ने लक्ष्य छ । 
पूर्वी नेपालबाट सुदूरपश्चिमसम्म जोड्ने देशकै लामो ( १ हजार २८ किलोमिटर ) पूर्व–पश्चिम राजमार्ग फराकिलो बनाउने काम भइरहेको छ । २०१८ सालमा निर्माण सुरू गरिएको यो मार्गमा सवारी चाप बढेसँगै स्तरोन्नति गर्न थालिएको हो । यो मार्ग बजार क्षेत्रमा दायाँबायाँ सर्भिस लेनसहित छ लेनको पनि बनाउने योजना छ । वनजंगल परेको तथा चाप कम हुने क्षेत्रमा चार लेनमा विस्तार गरिँदैछ । तीन बर्षमा निर्माण गर्ने ठेक्का लिएको कम्पनीले २ बर्ष पुरा गरेको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी