चुनाव त सिरहा २ मा नै लागेको हो ? दूई पूर्वमन्त्रीसहित गायक गीत गाउँदै,वकिल औठा छाप गर्दै र लेखक किताब बैच्दै भोट माग्दैछन्
दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक)
लहान, ८ कात्तिक । चुनाव त सिरहा २ मा लागेको छ । दूई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा मात्रै छैन । लेखक, कलाकार, वकिल, पत्रकार र इन्जिनियर स्वतन्त्र उम्मेदवार पनि सक्रिय छन् । काँग्रेसबाट पूर्वमन्त्री चित्रलेखा यादव र जसपाबाट राजकिशोर यादव घरदैलो गर्दै पार्टीको संगठनमा निहित छन् । उता, कडा प्रतिस्पर्धाको साथ जनतालाई औठा छाप नै लगाइदिएर घरदैलोमा पुगिरहेका छन् स्वतन्त्र उम्मेदवार वकिल सुरेश कार्की ।
उम्मेदवार कार्की आज पत्रकार सम्मेलन गरी ‘आफुले प्रतिबद्धता गरिएको १५ बुँदे पूरा गरिएन भने राजिनामा दिने’ बताएका छन् ।
मलाई जिताउँनुस्, नागरिकता समस्या समाधान गर्न राष्ट्रपति भवन अगाडि अनसन बस्छु । निशुल्क उपचारसहित क्षेत्रका सबै पालिकामा ५० सैयाको अत्याधुनिक अस्पताल निर्माण गर्ने । निशुल्क एम्बुलेन्स सँचालन गर्ने । १६ जनालाई एमविविएस गराउँने , ८ ल्याब टेक्निसियन, ८ इन्जिनियर र १६ जनालाई स्टाफ नर्स बनाउँने प्रतिबद्धता साथ औठाछाप गरेको उम्मेदवार कार्कीले बताए ।
कार्कीले ‘योसँगै गुणस्तरीय शिक्षण व्यवस्थापन गर्दै प्रविधि मैत्री बनाउँने । क्षेत्रमा स्नातकोत्तर सम्मको क्याम्पस खोलेर निशुल्क स्नातकोत्तरसम्म अध्ययन गर्न लगाउँने । क्षेत्र २ को सबै पालिकामा कर्बड हल बनाउँने । गीत सँगीत, नृत्य, चित्रकलासहित खेलकुद मैत्री विद्यालय व्यवस्थापन गर्ने । कम्पोष्ट मल उत्पादन गर्ने कारखाना खोल्ने । कृषि उत्पादन र बजारिकरणको लागि तालिम सँचालन गर्ने । वैदेशिक रोजगारको लागि प्रतिव्यक्ति २ लाख ५० हजारसम्म बैंकिँग प्रक्रियामार्फत उपलब्ध गराउँने । लोकतान्त्रिक र मधेश आन्दोलनका सहिद तथा घाईते परिवारलाई बार्षिक १ लाख जीवन निर्वाह भत्ता उपलब्ध गराउँने । र, भ्रष्टाचार र सूचनाको हकबाट बंचित गर्ने निकायलाई कारवाहीको दायरामा ल्याउँने प्रतिबद्धतासहित आजै बसहा कागतमा औठा छाप गरेको उम्मेदवार कार्कीले बताए । उता, जसपा एमालेको सँयुक्त उम्मेदवार पूर्वमन्त्री राजकिशोरले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलाई प्राथमिकता दिँदै जनताको मौलिक हकको प्रत्याभूती गराउँन पहिचानको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धतासहित घरदैलोमा लागेका छन् । पूर्वमन्त्री एमाले जसपाको गाउँ वडा कमिटीको बैठक राख्दै जनताको अधिकार सुनिश्चित गराउँन प्रतिबद्धता गर्दै आएको छ । त्यसैगरी, काँग्रेसका तर्फबाट उम्मेदवार रहेकी पूर्वमन्त्री चित्रलेखा यादवले महिला अधिकार, शिक्षा, स्वास्थ्य, कृषिलाई नै प्राथमिकता दिँदै प्रचारमा लागेकी छीन् । राप्रपाबाट उम्मेदवार दिएका चर्चित गायक तथा कलाकार मुरलीधरले राजतन्त्रको दुवाही गर्दै युवा जागरन, दीनाभद्री, सलहेश, लोरीक ऐतिहासिक गीत गाउँदै भोट माग्दैछन् । गायक मुरलीधरले शिक्षामा समनता र विभेद अन्त्यको मुद्दा उठाउँदै प्रचारमा लागेका छन् ।
‘किताब बेच्दै भोट माग्दै’ हिडेका अर्का स्वतन्त्र उम्मेदवार रामरिझन यादवले विभेद अन्त्यको छलफल गर्दै प्रचारमा लागेका छन् । उम्मेदवार रिझनले जमिनदार तथा शोषकविरुद्ध खरोरुपमा उत्रिएका छन् । भ्रष्टाचार अन्त्य, शिक्षा, स्वस्थ्य, कृषि र वैरोजगारी समस्या समाधान गर्ने प्रतिबद्धतासहित आफुले लेखेका माखेसाँग्लो किताब बेच्दै भोट माग्न तलिन छन् । मन्त्री, वकिल, कलाकार, इन्जिनियर भन्दा कमजोर शैली नरहेको पत्रकारका पूर्व सभापति देवकुमार यादवले दीर्घायु र निरोगी जीवनको लागि सास्तिक भोजनमा जोड दिएका छन् । योसँगै पूर्वसभापति यादवले भ्रष्टाचारमुक्त समाज, गुणस्तर शिक्षा, निशुल्क स्वास्थ्य सेवा, वैरोजगारी अन्त्य, कृषि उपजमा जोड दिँदै प्रचारमा लागेका छन् । त्यसैगरी इन्जिनियर रामप्रकाश महतोले आफु इन्जिनियर नै रहेको भन्दै यो क्षेत्रलाई विकास निर्माणमा जोड दिएका छन् ।