नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Oct 22, 2022
लहान अस्पतालमा कस्तो घटना ?, छलफलबाट निचोडमा पुगियो
 नवसंग्राम दैनिक
लहान, ५ कात्तिक । सिरहाको लहानमा प्रादेशिक अस्पतालमा भएको विवाद निचोडमा पुगेको छ । 
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुशील कुमार कुसवाहाका अनुसार डाक्टर अंशु शौरभमाथि भएको घटनामा सेवाग्राही ललिता यादवले रिलाइज गरेपछि समाधान भएको छ । घटनापछि अस्पतालको सेवा अवरुद्ध भएपनि छलफलबाट निचोडमा पुगेकोले पूनः सेवा संचालनमा आएको बताए । 
लहान १९ छर्रापटि निवासी हाल लहान ८ मा बस्दै आएकी ललिता यादवले अस्पताल विकास समितिका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टकै अगाडी महिला डाक्टरबीच धकाधुकी भएको थियो । 
डाक्टरमाथि भएको घटना दुखद भएको भन्दै अस्पतालका डाक्टरहरूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र अस्पतालमा यस्ता गतिविधि हुन नदिने वातावरण बनाउन माग गर्दै अस्पतालको सेवा अवरोध गरेका थिए । 
डाक्टरहरूको आन्दोलनले शुक्रबार बिहानदेखि अस्पतालका केही सेवा अवरुद्ध थिए् । घटना बिहीबार साँझको हो । 
बाहिरको व्यक्ति बोलाएर नियोजित रुपमा आफुमाथि घटना गराएको डाक्टर शौरभकी आरोप थियो  । ‘आफूमाथि पानीको बोतलसहित तम्सिएका थिए, लुगा च्यात्न खोजिएको थियो, मलाई न्याय चाहियो,’ उनले भनिन् ‘यस्तो हुँदा यहाँ काम गर्ने वातावरण छैन, अस्पताल विकास समितिको अध्यक्ष र सुपरिटेन्डेन्टले घटनाबारे जवाफ दिनुपर्छ ।’
डा. शौरभ जनकपुरबाट काजमा लहान अस्पतालमा कार्यरत छिन् । काज फिर्ता माग्न मेडिकल सुपरिटेन्डेन्ट डा. सुशील कुमार कुसवाहाको कार्यकक्षमा पुगेका थिए ।  
सेवाग्राही ललिता यादव र डा. शौरभबीच सोही कक्षमा धक्काधुकी भएको थियो । समस्या समाधान गर्न छलफल भएको थियो ।   
यता घटनाबारे जानकारी  लिइरहेको उजुरी आए      अनुसन्धान गरी कानूनी प्रक्रिया बढाउने इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी