नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Oct 21, 2022
पिभिएम स्कूल बन्दीपुरका विद्यार्थीलाई ज्यान मार्ने धम्की
 दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक)
लहान, ५ कात्तिक । सिरहाको कर्जन्हा २ बन्दीपुरमा रहेको पिभिएम बोर्डिङ स्कूलका शिक्षकको कुटाइबाट घाइते विद्यार्थीका अभिभावकले घटना बाहिर ल्याएको छ । विद्यार्थीलाई ज्यान मार्ने धम्की समेत दिएको बताएका छन् ।
अभिभावकले शुक्रवार नवसंग्राम दैनिकसँग सम्पर्क गरेर स्कूल बाहिरका गुण्डा लगाएर ज्यान मार्ने धम्की दिएको बताएका छन् ।
कक्षा १० मा अध्ययनरत पीडित विद्यार्थीले भने, ‘कक्षामा प्रश्नको जवाफ दिन नसकेकोले मलाई लठीले हिर्काएको छ ।’ ‘त्यही निहुँमा मलाई श्यामसुन्दर यादव सरले फिल्डमा १० राउन्ड फिल्डमा दर्गुन भने ।’ ‘म घाममा दर्गुन सक्दिन भनेपछि सरले लाठी हिर्काउँन थाले ।’‘एकछिनसम्म कान बन्द, अचेतजस्तै भएँ । अहिले पनि म त्यही पिटाइले गर्दा वेला वेलामा झस्किरहन्छु ।’ पीडित विद्यार्थीलाई पिभिएम बोर्डिङ स्कूलका शिक्षक श्यामसुन्दर यादवले निर्घात कुटपिट गरेर घाइते बनाएका छन् । कात्तिक ३ गते विहान ११ बजेतीर कुटपिटपछि पीडित विद्यार्थीलाई ४ बजेतीर ६ वटा मोटरसाईकलमा आएका एक समूहले कमला खोलामा लगेर थप यातना दिएका छन् ।
पीडित विद्यार्थीका अभिभावक मोद्यनारायण महतोले भने ‘मेरा छोरालाई अपहरण शैलीमा लगेर थप कुटपिट गरेको छ ।’ ‘यो घटना सार्वजनिक भयो भने ज्यान समेत जान सकिने छोरालाई धम्की दिएको छ ।’ ‘अहिले धम्कीले घरपरिवार आतंकीत भएको छ ।’ ‘स्कूलले बोलाएको छ ।’ ‘प्रहरीमा उजुरी नहाल्न दवाव समेत दिँदै आएको’ उनले बताए ।
‘छोरा अब त्यो स्कुल जान्न भन्छ । अहिले कक्षा १० मा अध्ययन गर्दैछ । स्कूलका कारणले छोराको पढाइ बिग्रिने भयो । अब यसको जिम्मेवारी कसले लिने ?’, महतोले भने, ‘अझ ज्यान मार्ने धम्की दिएको छ । यसको बारेमा सम्बन्धित निकायले पक्कै पनि ध्यान दिनेछ भन्नेमा हामी विश्वस्त छौं ।’ स्कूलका प्रिन्सिपल मोहन अधिकारीपक्षका एक व्यक्तिले विद्यार्थीले गल्ती गरेमा अभिभावकलाई जानकारी दिएर सचेत गराएमा सुधार गर्न सकिने हो । काम गर्दा कमजोरी हुन्छ । त्यसमा हामी सबै विषयमा छलफल गर्नुपर्छ’, उनले भने । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी