नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Oct 17, 2022
कक्षा १२ को पुरक परीक्षाबाट लहानमा सयौ विद्यार्थी बंचित
  दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक)
लहान, १ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षा लहानमा सँचालन गर्दा सयौ विद्यार्थी परीक्षाबाट बंचित भएको छ । 
परीक्षा बोर्डले असोज ३० र ३१ गते गरी पुरक परीक्षाको समय तालिका सार्वजनिक गरेको भएपनि करिब २ सयबढी विद्यार्थी परीक्षाबाट बंचित भएको छ । 
बोर्डले लहान स्थित जेएस मुरारका क्याम्पस, पशुपति आदर्श उच्च मावि र  ललकुमा असोज ३० गते ३ सय ७३ र असोज ३१ गते १ सय ५० विद्यार्थीको लागि परीक्षा केन्द्र तोकिएको थियो । 
परीक्षार्थी श्याम ठाकुरले ‘म परीक्षा दिन गएका थिए,सरले भने सानो कोडले ३० गते नेपालीको परीक्षा दिने ।’ ‘ ३१ गते अग्रेजीको परीक्षा दिने ।’ ‘त्यसपछि आज ३१ गते परीक्षा दिन जाँदा सरले भनियो तिमीहरुको प्रश्नपत्र नै आएको छैन ।’ ‘ परीक्षाबाट बंचित गरियो ।’ 
अर्का परीक्षार्थी किसन यादवले ‘ सरले मलाई सोधियो , तिम्रो कुन कोड हो ? मैले भने नेपाली मेरो सानो कोड हो ।’ ‘मेरो नेपाली र अँग्रेजी विषयमा लागेको छ सर ।’ ‘त्यसपछि क्याम्पसका सरले भने ३१ गते अँग्रेजीको परीक्षा दिन पाउँने हो ।’‘तर, परीक्षा दिन जाँदा प्रश्नपत्र दिएनन् ।’ लहानमा सानो कोड र ठूलो कोडको भिन्ता छुट्याउँन नसकेर सयौं परीक्षार्थी परीक्षाबाट बंचित भएको छ । विद्यार्थीमाथी यसरी खेलवाड गर्ने निकायलाई कसले कारवाही गर्छन् ? प्रतिशत गर्दै विद्यार्थीका सहयोगी रिझन यादवले भने ‘विषयगत परीक्षा यिनीहरुलाई विशेष व्यवस्था गरेर लिनुपर्छ ।’‘सयौ विद्यार्थीको भविष्यमाथी खेलवाड भएको छ ।’ ‘यसको पूर्ती कसले गर्ने हो ? यसैले विकल्प खोज्नुपर्छ ’ उनले बताए । 
जेएस मुरारका क्याम्पसका परीक्षा केन्द्राध्यक्ष डा.रामनाथ यादवले ‘अनिवार्य नेपाली र अँग्रेजीमा विद्यार्थीहरु कन्फ्युजमा परेको छ ।’ ‘बोर्ड सार्वजनिक गरेको तालिका अनुरुप सानो कोडको परीक्षा पहिले हुने ।’‘ ठूलो कोडको परीक्षा पछि हुने उल्लेख छ ।’ ‘विद्यार्थीहरु कन्सेस नभएर सबै अँग्रेजीको जाँच ३० गते नै भइसकियो ।’ ‘अलपत्रमा परेका विद्यार्थीहरुको लागि माथिल्लो निकायमा समन्वय गरेर पूनः फारम भरेर अगाडि बढाउँन परीक्षा बोर्डलाई आग्रह गर्नुपर्ने अर्को विकल्प छैन ।’ 
राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय लहानका प्रमुख पुष्पल खनालले ‘सम्बन्धित विद्यालय र विद्यार्थी नोटिससँग अपडेट हुनु नसक्नु हो ।’ ‘विद्यार्थीहरु त्यस्तो ठूलो मर्कामा परेको छ भने सम्बन्धित विद्यालयमार्फत निवेदन दिनुस् ।’ ‘केन्द्रलाई फोरवार्ड गरिदिन्छु ’ उनले बताए ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी