नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Oct 16, 2022
चुनावी माहोल तातिदै,स्वतन्त्र उम्मेदवार घरदैलोको तयारीमा
 दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक)
लहान, ३१ असोज । दीपावली र छठ पर्वको तयारी गरिरहेका बेला मंसिर ४ को निर्वाचन नजिक आउँदै गर्दा उमेदवारहरुलाई मतदाताको घरदैलोमा पुग्न हतारो भएको छ ।
अरुबेलाजस्तो तिहार र छठमा रमाउने फुर्सद नेता, कार्यकर्ताहरुले यो पटक भने पाएका छैनन् । उम्मेदवार मतदाताको घर दैलोमै पुग्नुपर्ने यो निर्वाचनमा देखिएको प्रवृतिले उनीहरुलाई झनै बेफुर्सदिलो बनाएको छ । दर्जनौ कार्यकर्ता लिएर मत माग्दै हिडेका नेकपा एमालेका सिरहा १ बाट उम्मेदवारी दिएका रामशंकर यादव र नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका पद्मनारायण चौधरी घर घर पुगेर मत माग्न जाँदा मतदाता पनि उत्साहित छन् । 
नेता, कार्यकर्ता र उमेदवारहरुको बढ्दो चहलपहलले मतदाताहरुलाई पनि निर्वाचनप्रति उत्सुकताको बढाएको चोक र चिया पसलहरुमा देखिन्छ । आफ्नो क्षेत्रमा कुन दल र कुन उमेदवार बिजयी होलान् भनेर अनुमान लगाउने क्रम शुरु भएको छ । कुराकानीमा उम्मेद्वारको नाम याद नभए पनि चुनाव चिन्ह अनुसारका आँकलन हुन थालेका छन् । सिरहा २ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दिनु भएका जनता समाजवादी पार्टीका उम्मेदवार राजकिशोर यादव र नेपाली काँग्रेसकी उम्मेदवार चित्रलेखा यादवबीच कडा प्रतिस्पर्धा रहेको छ । धनगढीमाईका शत्रुधन महतोले सबै उम्मेदवारहरुले प्रचार कार्यक्रम आफ्नै हिसाबले चलाएपनि कसले जित्छ भन्न सकिने बेला अझै भइसकेको छैन ।
दल र उम्मेदवारहरुले आफू बिजयी बन्न सहज हुने मुद्दा उठाएको देखिए पनि कुन मुद्दाले मतदातालाई बढी प्रभावित पार्नेछ भन्ने अझै स्पष्ट भएको छैन । मधेशमा भने उम्मेदवारको योग्यता, व्यक्तित्व स्थानीयता र जात जस्ता मुद्दा प्रभावी देखिन्छन् । दल र उम्मेदवारले जित्ने वा हार्ने आँकलन पनि त्यही आधारमा गरिएको छ । यसैगरी, संविधानसभाको निर्वाचन भए पनि कुन प्रकारको संविधान बनाउने बारे पनि उम्मेदवार, नेता, कार्यकर्ता र मतदाताले छलफल गरेको पाइँदैन । अधिकांश उम्मेद्वारले स्थानीय विकास निर्माणका माग नै बेहोर्नु परेको छ । 
सता गठबन्धन र एमाले जसपा गठबन्धनले सिरहामा क्षेत्रीय र पालिका स्तरीय भेला गराएर प्रचारप्रसारलाई तिब्र पारेको छ । स्वतन्त्र उम्मेदवारहरु फेसबुक तथा समाजिक सञ्जालमा बढि रुची राखेको छ । 
स्वतन्त्र उम्मेदवारहरु ठाउँ ठाउँमा घरदैलो कार्यक्रम अघि बढाएपनि प्रभावकारी ढंगले अगाडि नबढेको  स्थानीय विरेन्द्र यादव बताउँछन् । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी