नवसंग्राम दैनिक
लहान, १४ असोज । मान्छे कुटपिट गर्न पाइन्दैन । छुन समेत पाइदैन । तर, लहान ५ की ४५ बर्षीया सहेबुन खातुनलाई कुटपिट गरी घाईते बनाएकी छीन् । योसँगै उनका छोरा मो.जाकीरलाई निर्घात कुटपिट गरेपनि लहान प्रहरीले उजुरी दर्ता नगरेको गुडिया खातुनले बताइन् ।
समाजिक न्यायको लागि सक्रिय भूमिका खेल्दै आएकी गुडियाले ‘तीन पटक सहेबुनलाई कुटपिट गरे ।’‘लहान प्रहरीले उजुरी पनि दर्ता गर्दैन् ।’‘यो कानुनी राज्यको उपहास हो ।’ सहेबुनकी पति विदेशमा रहेको र उनका छोरा बुहारीबीच सम्बन्धविच्छेदको दवावमा १९ लाखको कपाली बनाएको छ । सहेबुन खातुनलाई समुदायकै दवावमा कपाली कागत बनाएर पैसा तिराउँन दवाव दिँदै पटक पटक कुटपिट गरिरहेको छ ।
हालै कुटपिट गर्ने इसराइल, आविद, मुस्तफा, अरमानविरुद्ध लहान प्रहरीमा उजुरी दर्ता नगरेको पीडित सहेबुन खातुनकी गुनासो छ । सहेबुनले ‘सम्बन्धविच्छेद अदालतबाट हुन्छ ।’‘व्यक्तिगत समुदायमा लगेर म बाट जर्बजस्ती कपाली कागत बनाएको छ ।’‘पति विदेशमा छन्, म एक्लो महिला कहाँबाट उनीहरुलाई पैसा दिनसक्छु ?’ ‘उनीहरुले पैसा माग्दै पटक पटक कुटपिट गर्छन् ।’‘मेरो लागि न्याय नै मरेको छ ।’