नवसंग्राम दैनिक
लहान । हालै रिलिज भएकाको ‘दिल द देलौ’ मैथिली भिडियो यतिबेला निकै चर्चा पाएको छ । निरज चौधरी र दिया पाण्डेको युगल जोडीले सो भिडियो समाजिक सँजालमा भाइरल भएको छ । भाइरल भएसँगै,पुर्वी नेपालका रमणीय स्थल कनियम ,फिक्कल, धनकुट्टा ,तेर्हथुम ,तीनजुरेको दृश्यले थप मनोरमा झल्किएको छ ।
नेपालको चर्चित गायिका अन्नु चौधरी र सैलेश कुमार मिश्राको स्वरले भिडियोलाई मनमोहक बनाएको छ । बरिष्ट संगीतकार शैलेन्द्र बिश्वोकर्माको संगीत, निल घतानीको संगीत संयोजन र सरोज मण्डलले गीतको शब्द लेखनले भिडियो चर्चाको शिखर चुम्न थालेको छ । योसँगै अडियो मिक्सिँग ,मस्तारिंग ,रकर्दिंग सूरज श्रेष्ठले बिट्स स्टुडियो काठमाडौँमा गरेको छ भने भिडियो छायाकन अनिल साह, द्रोणमोहन लाल दास ,कोरियोग्राफी ज्याक, सम्पादन छिन्नमस्ता फिल्मसमा निर्देशन राजु राजदेव चौधरीले गरेको भिडियोमा निरज चौधरी र दिया पाण्डेको अभिनय रहेको छ । भिडियोको लिँक.... https://www.youtube.com/watch?v=Rb8wsGsAOlo