नवसंग्राम दैनिक
लहान, १२ असोज । नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा असोज ११ गते सिरहासहि त मधेश प्रदेशमा राष्ट्रपति भण्डारीको पुतला दहन गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय सर्कुलर अनुरुप सिरहा, सप्तरीलगायत मधेशको अधिकाँश जिल्लाको सदरमुकाममा विरोध प्रदर्शन गर्दै राष्ट्रपति भण्डारीको पुतला दहन गरेको छ ।
सिरहा सदरमुकाममा राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्दै नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जसपा सिरहाले जुलुस प्रदर्शन गरेको छ ।
सिरहा सदरमुकामको विभिन्न भागमा जसपाका नेता कार्यकर्ताहरूले राष्ट्रपति भण्डारीविरुद्ध नारा जुलुस प्रदर्शन गरे । नारा जुलुस पश्चात् राष्ट्रपति भण्डारीको पुतला समेत जलाएको छ ।
जसपा मधेस समितिले घोषणा गरेको संघर्षका कार्यक्रम अन्तर्गत आज राष्ट्रपति भण्डारीको पुतला जलाएको जसपा सिरहाका सिरहा अध्यक्ष अशोक यादवले बताएका छन् । जसपा मधेस समितिको आह्वानमा मधेसका अन्य जिल्लाहरूमा पनि राष्ट्रपति भण्डारीको कदमविरुद्ध प्रदर्शन तथा उनको पुतला जलाइएको छ ।