नवसंग्राम दैनिक
लहान, १२ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनौट खेलमा सिरहाले कराँतेमा ७ स्वर्ण पदक पाएर प्रथम भएको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पर्वत, कुस्मामा असोज २८गते देखि हुने भएको छ ।
कराते प्रतियोगिताको लागि सिरहा जिल्लाले स्वर्ण पदक खेलाडीहरु कुमुते तर्फ अनुज राणा मगर–५०केजी, सरोज पासवन–६०केजी, कृष्ण कुमार महतो–६७केजी,परिमाण शही–+६७केजी रहेका छन् । त्यसैगरी महिला टिम कुमुतेतर्फ पर्सिया चौधरी, रितिका थिङ्ग, एलिना लामा छन् । पुरुष टिम कुमुते कृष्ण कुमार महतो, सरोज पासवन, बिशाल कुमार सिह, निश्चल पुलामी,समिर शेख रहेका छन् ।
त्यसैगरी पुरुष टिम काता अभिनभ साह,रोयल थिङ्ग, रितिका थिङ्ग रहेका छन् । यसैगरी महिला टिम काता(विवादित) तर्फ प्रप्ति राई, रोमा राई र रितिका थिङ्ग रहेका छन् । जसमा सिल्भर मेडल चार जना र ब्राउन मेडल पाँच जना प्राप्त गरेको कराँते प्रशिक्षक राजेश गुप्ताले बताए । यसैबीच, सिरहाको धनगढीमाई नपाद्वारा सञ्चालित दोस्रो गोल्ड कप फुटवल प्रतियोगिता यहि असोज १५ गतेबाट हुने भएको छ । पालिकाको आयोजनामा हुन भईरहेको प्रतियोगितामा देशभरका ८ वटा फुटवल क्लवहरुको सहभागिता रहेने फुटवल आयोजक समितिका अध्यक्ष श्रवण ठकुरीले जानकारी दिए ।
प्रतियोगितामा संयुक्त युवा परिवार फुटबल क्लव धनुषा, बारा एघार फुटबल क्लव बारा, पटनाली फुट बल क्लब धरान, तेमा फुटबल क्लव मोरङ्ग, गाईघाट फुटबल क्लव उदयपुर, आयो गोर्खाली फुट बल क्लव महोत्तरी बर्दिवास सहभागी रहेको आयोजकले जनाएको छ ।
त्यसैगरी, सहलेश फुट बल क्लव सिरहा र हेटौटा फुट बल क्लवले प्रतियोगितामा भाग लिएका छन् । असोज १५ बाट सुरु भएको खेल २३ गते समापन हुने आयोजकले बताए ।
असोज २२ गते चपुर र भारतको कोलकत्ताका महिला फुटवल प्रतियोगित हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख ५० हजार र दोसे हुने टिमलाई एकलाख नगद पुरस्कारको व्यवस्था गरेको छ ।