नवसंग्राम दैनिक
लहान १० असोज । लहान नगरपालिकाका उपमेयर रामचलितर महतो ठीक दूई महिनापछि आफ्नो कार्यालयमा पुग्ने तयारी गरेको छ । साउन १० गते लहान नगरपालिकामा निवेदन दिएर निस्किएका उपमेयर असोज १० गते आफ्नो कार्यालय पुग्ने तयारीमा छन् । बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत सिरहाबाट असोज ९ गते एक लाख धरौटीमा रिहा भएका उपमेयर महतो आफ्नो कार्यमा फर्किने भएको छ ।
असोज २६ गतेको तारिकमा रिहा भएका महतो ‘आफुलाई कसैले नफसाएको, आफुमाथी आरोप लागेपछि भदौ २४ गते आफै म लहान प्रहरीमा पुगेका थिए ।’‘ जनताको विकास निर्माणको लागि लक्ष्य लिएका छौ ।’ ‘सहकार्यमा कार्य अगाडि बढाउँने’ उनले बताए ।
मेयर महेश चौधरीले ‘जनतालाई विकास चाहिएको छ ।’ ‘विकासका सहकर्मी सबै हामी सँगै हो ।’‘हाम्रो बीचमा खेल्ने स्वतः पलायन हुनेछ ।’‘जनताको काम गर्ने सधैं सहकार्यमै हो ।’
गठबन्धनबाट लहानमा काँग्रेसका मेयर जसपाका उपमेयरलगायत भारी बहुमतसहित वडाध्यक्ष सदस्यहरु निर्वाचित भएका छन् । तर, निर्वाचनपछि लहानमा गठबन्धन खुकुलो भएको छ । उता, काँग्रेसका दूई खेमाबीच कुटाकुट भएकोले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि कसिलो दाउपेचको खेल हुने सम्भावना बढेको छ ।
मेयर चौधरी राजनीतिमा सिपालु मानिएकोले आपसी विवादको निरुपनपक्षमा कसिने भएको छ । जसको विरोधमा चुनाव जिते आज आफ्नै टिमभित्र अरुले खेल्ने मौका पाएको छ । त्यसैले भएपनि गठबन्धनलाई कसिलो रुपमै अगाडि बढाउँने काँग्रेसी एक नेताले बताए । अर्का एक नेताले भने ‘लहान नगरपालिकामा खेल अब कसिलो हुनेछ ।’ ‘बहुमत भन्दा व्यक्तिगत लवाइखुवाइको विरोध कसिनेछ ।’‘यसमा काँग्रेससहित विपक्षीहरु सक्रिय रहने’ दावी गरेका छन् ।