नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Sep 21, 2022
सिरहाको लोकमार्गमा राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन
 दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक)
लहान ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति सिरहामा मधेशवादी दलहरुले छुट्टाछुट्टै कार्यक्रम गरी विरोध प्रदर्शन गरेका छन् । 
दोश्रो पटक पनि संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले सिरहामा चक्काजामसहितका छुट्टाछुट्टै   कार्यक्रम गरी विरोध गरेको छ ।
जसपा र तमलोपाका नेता कार्यकर्ताले सिरहाको लहान, चोहर्वा गोलबजार लगायत जिल्लाको विभिन्न ठाउँमा प्रदर्शन गर्दै राष्ट्रपति भण्डारीको पुतला जलाएका छन् ।
छुट्टाछुट्टै विरोध प्रदर्शन गर्दै सिरहाको गोलबजारमा राष्ट्रपति भण्डारीको पुतला जलाउँदै माऔबादि निकटअखिल क्रान्तिकारी बिद्यार्थी संगठनका कार्यक्रताहरुले प्रदर्शन गरेको छ । जसपा र तमलोपाले राजीनामा माग गरेका छन् ।
लोसपाले सिरहाको लहान, कसहा चोकमा एक घण्टा चक्काजाम गरी विरोध जनाएको छ । राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेको भन्दै लोसपाले राजीनामा समेत माग गरेको छ ।
लोसपा सम्बद्ध लोकतान्त्रिक युवा संघले राष्ट्रपतिले राजीनामा नदिए चर्को आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टीको केन्द्रीय सर्कुलर अनुसार मधेश प्रदेश लगायत अन्य प्रदेशहरुमा समेत जुलुस प्रदर्शन गरेको छ । मधेशवादी दलले संविधान जारी भए देखिनै विरोधका विभिन्न कार्यक्रम गर्दै आइ रहेका छन् ।
विगतमा सरकारले संविधान दिवसको अवसरमा दीपावली मनाउने घोषणा गरेसंगै मधेशवादी दलले व्लैक आउटको घोषणा संगै मधेश भर व्लैक आउट गरेर संविधानको विरोध गरेका थिए । संविधानलाई स्वीकार गरेपनि संशोधन गर्नुपर्ने माग गर्दै संविधान जारी भएको २०७२ साल देखिनै विरोधका कार्यक्रमहरु गर्दै आएका छन् । संविधान जारी हुँदा तत्कालीन सरकारले दीपावली मनाउने घोषणा गरेका दिन संविधान जलाएर विरोध गरिएको थियो । त्यो विरोधलाई साम्य पार्नका लागि प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान समेत गएको थियो । २०७२ साल देखी निरन्तर संविधान संशोधन, नागरिकता लगायतका मुद्दालाई लिएर आन्दोलन गरिरहेका मधेशवादी दलका एक घटक लोसपाले माग सम्बोधन गराउन तत्कालीन केपी शर्मा ओलीको नेतृत्वमा १८ दिनकालागि मन्त्रिमण्डलमा समेत सहभागी भएको थियो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी