नवसंग्राम दैनिक
लहान, ३ असोज । समाजिक सञ्जालमा राखिएको झुन्डिएको फोटो र स्टाटसबाट स्वहत्याको घटनामा बृद्धि भएको दावी गरिएको छ । यस्ता फोटो, भिडियो र स्टाटस समाजिक सञ्जालबाट डिलेट गर्न प्रहरी प्रशासनको निगरानी कमजोर रहेकोले स्वहत्या बढेको छ ।
लहान ६ श्रीराम कोलोनीमा एक विद्यार्थीको आत्महत्या भएको फोटो भिडियोसहित समाजिक सञ्जालमा आएको दूई दिनमै लहान चौक स्थित रहेको हिरो मोटरसाईकल शोरुममा अर्का व्यापारीको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।
शोरुमको घटनामा ईलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर कोमल ठाकुरकै अगाडि झुन्डिएको फोटो भिडियो लियो । त्यो फोटो भिडियो समाजिक सञ्जालमा भाइरल भयो । त्यसपछि अर्को घटना सिरहामै भयो । हिजो मात्रै सप्तरीमा अर्को आत्महत्याको घटना सार्वजनिक भएको छ ।
समाजिक सञ्जाल फेसबुक,टिकटकलगायत अनलाइन समाचारको कारण आत्महत्याको घटना बढ्दै गएको मानव अधिकारकर्मी राजकुमार राउत बताउँछन् । राउतले ‘प्रहरी प्रशासनको निगरानी समाजिक सञ्जालमा कसिलो हुनुपरियो ।’ ‘यस्ता फोटो भिडियो तथा समाचार राख्नेलाई विशेष निगरानी गर्नुपर्ने जरुरी छ ।’‘तत्काल डिलेट गर्नुपर्छ ।’
सिरहामा सातादिनमैं चार आत्महत्याको घटना सार्वजनिक भएको छ । यसैलाई मध्यनजर गरी सिरहा प्रहरीले आइतबार सदरमुकाम सिरहा बजारमा जनचेतनामूलक ¥याली प्रदर्शन गरेको प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले बताए ।
जिल्ला प्रहरी कार्यालय सिरहाको तथ्यांक अनुसार गतवर्ष झुन्डिएर र विषसेवन गरी १८९ जनाले आत्महत्या गरे । यो अहिलेसम्मकै उच्च दर हो । ती मध्ये महिला ८६, पुरुष ७१, बालक ८ र २४ बालिकाले आत्महत्या गरेका छन् । सिरहामा आर्थिक वर्ष २०७६÷७७ मा १४४ र २०७७÷७८ मा १४४ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । आत्महत्या’ घट्नामा वृद्धि हुनुमा ‘मानसिक तनाव,’ र ‘घरेलु हिंसा’ मुख्य कारक मानिएको छ । जीवनप्रति चरम वितृष्णा, अपूर्ण मनहरुले मानसिक तनाव बढेपछि अन्तिम विकल्पमा ‘आत्महत्या’ तहमा पुग्नु र युवापुस्तामा पछिल्लो पटक सामाजिक सञ्जालका गलत प्रभावले पनि ‘आत्महत्या’ गर्ने दर बढेको छ ।