नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Sep 18, 2022
लोकसंस्कृतिको नाममा अश्लिल नाच
 नवसंग्राम दैनिक
लहान, २ असोज । स्थानीय कलासंस्कृतिको संरक्षण गर्नुपर्छ । यसमा पनि नाचगान र लोकगीत नृत्य संरक्षण गर्न राज्यको दायित्व नै हो । तर, मौलिकता भन्दा फरक अश्लिलता बढ्न थालेपछि हलिखली हुनु स्वभाविक नै हो । 
आज यस्तै भएको लोकसंस्कृति संरक्षणको नाममा डिजेमा अश्लिल नाच चलाउँन थालेको छ । जितिया र विश्वकर्मा पूजाको नाममा सिरहाका अधिकाँश गाउँटोलमा आज यस्तै विकृतिको अभाष हुन थालेको छ । यसैको विरोधमा कति ठाउँमा झडपसमेत भएको छ । 
जिल्ला प्रशासन कार्यालय सिरहाको सूचनालाई धजिया उडाएर आज बिश्वकर्मा पुजाको अवसरमा गरिएको नाचामा अश्लिल प्रयोग गर्दा बिष्णुपुर गाउँपलिकामा विवाद उत्कर्षमा पुगेको छ । 
नाचगानकै क्रममा दुई पक्षबीच झडप हुदा बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ बस्ने राम पुजन यादब, जितेन्द्र दास र सत्रुधन यादब घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते भएका उनीहरुलाई टाउको,हात र खुट्टा मा गम्भिर चोट लागेकोले जिल्ला अस्पताल सिरहा पठाएको प्रहरीले जनाएको छ ।
यता,जिल्ला प्रशासन कार्यालय सिरहाले केटि (नतर्की) अस्लिल नाच ननचाउन सुचना नै जारि गरि निषेध गरेको छ ।
तर उक्त सूचनालाई धजिया   उडाएर बिष्णुपुर लगायत सिरहा जिल्लाको बिभिन्न ठाउमा अस्लिल गितमा केटि (नतर्की)  नाच भइरहेका छन ।  उक्त कार्यक्रम कति ठाउँमा स्थानीय प्रहरीकै मिलोमतोमा भएको स्थानीयको दावी छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी