लहान, २३ भदौ । लहान १७ गोविन्दपुर स्थित जग्गा विवाद उत्कर्षमा पुगेको छ । लहान १७ का वडाध्यक्ष प्रथमलाल चौधरीले संजीव ठाकुरको नाममा रहेको १० धुर जग्गाको अवैद्य रुपमा सिफारिस गरिएको खुलासा भएको छ ।
संजीव ठाकुरले सो जग्गा पुस्तौदेखि भोगचलन गर्दै आएपनि संधीयार दिलिप सतरा र बसन्त सतरापक्षमा सिफारिस गरिएकोले विवाद उत्कर्षमा पुगेको छ ।
दिलिप सतरा र बसन्त सतराको ३८३ नम्बरको १ कठ्ठा ९ धुर जग्गा कायमै रहेको भएपनि संजीव ठाकुरको नाममा रहेको साविक कित्ता नम्बर १६८ को गाउँब्लक मध्ये उत्तरतर्फको १० धुरमा अतिक्रमण गर्न जोड गरिएको छ ।
सतरापक्षले नै नापि शाखा लहानबाट बोलाएका अमिनले नापी गर्दा १० धुर जग्गामा कुनै किसिमको विवाद नदेखिएको भन्दै अमिन आशानन्द चौधरीले ‘सतरापक्षको नम्बरी जग्गा कायमै रहेको छ ।’‘ठाकुरपक्षको गाउँब्लकमा सतरापक्षको जग्गा नगएको हो ।’ ‘फेरी जग्गा नापीको लागि नापि कार्यालयलाई सतरापक्षले अनुरोध गरिएको छ ।’‘ केही दिनपछि फेरी नापी गरेर विवाद टुँग्याउँने कुरा चलेको छ ’ बताउँछन् ।
संजीव ठाकुरले ‘पुस्तौदेखि यो जग्गा हामीले नै भोगचलन गर्दै आएको छु ।’‘ साविकको कागतपत्र समेत हामीसँगै रहेको छ ।’‘गाउँब्लाक नापीमा मेरै रहेको ठहर छ ।’ ‘वडाध्यक्षले मेरो जग्गा सम्बन्धमा केही जानकारी नभएका व्यक्तिलाई मुचुल्कामा राखिएको छ ।’‘मलाई कुनै जानकारी नदिई एकलौटी मुचुल्का गरिएको छ’ ठाकुर बताउँछन्
यो जग्गा संजीव ठाकुरको रहेपनि वडाध्यक्ष प्रथमलाल चौधरी सोधखोज नगरी सिफारिस गरिएकोले विवाद उत्कर्षमा पुगेको छ । वडाध्यक्ष प्रथमलाल चौधरीले ‘स्थानीयको मुचुल्काको आधारमा सिफारिस गरिएको हो ।’‘त्यसमा नापीको आधारमा जसको जो जग्गा ठहर हुन्छ ।’ ‘उसैको हुने हो ।’ ‘यसमा कुनै विवाद नै छैन ’ बताउँछन् ।
सतरापक्षका श्रीराम सतराले ‘मलाई मेरो नम्बरी जग्गा चाहिएको छ ।’‘ यसको लागि पूनः नापी शाखालाई जग्गा नापी गरिदिन आग्रह गरेको छु ।’‘त्यसपछि जे जस्तो ठहर हुन्छ, त्यही अनुसार चल्ने बताउँछन् ।