नवसंग्राम दैनिक
लहान, २३ भदौ । जिल्ला समवन्य समिति सिरहाका सभापति दिनेश महतोले एक वेवारिसे विरामीलाई उद्धार गरिएको छ ।
अधिकारकर्मी ललिता विद्रोहीसहितको सहयोगमा लहान १ बालाजु पेट्रोल पम्पको छेउमा झाडिमा पहिचान नखुलेको अन्दाजी ५० वर्षीय पुरुष सिकिस्त विरामी भएर वेवारिसे अवस्थामा रहेका थिए । सभापति महतो र विद्रोहीको पहलमा विरामीलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएर उपचारमा लगिएको छ । वेवारिसे विरामीको खुट्टामा पुरानो घाउमा किरा परेको अवस्थामा उद्धार गरि उपचारमा लगिएको छ । विद्रोहीकी पति शोभाकान्त दासले आज ९ बजे राति यो बिरामीको बारे जानकारी गराउँदा सभापति महतोसहितको टिम पुगेर उद्धार गरिएको छ । विरामीको उद्धारको लागि विद्रोहीले सरोकारवाला निकायलाई सम्पर्क गर्दा फोन नउठाएको भन्दै अन्तमा सभापति महतोको सहकार्यमा उद्धार गरिएको छ ।