नवसंग्राम दैनिक
लहान, १२ भदौ । बलात्कार आरोपमा प्रहरीले गोलबजार नपा–७ का २२ वर्षीय जुमन खानलाई भदौ ८ गते गिरफ्तार गरेको छ । आरोपितले एक १४ बर्षीया बालिकालाई ०७८ चैत ९ गते बलात्कार गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । सोही अनुरुप चैत १० गते उजुरी दिएको पीडित बालिकाकी आमाले बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा चैत १० गते गरिएको थियो ।
आरोपित घटनापछि लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरी कारवाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजु केसीले बताए । साउन महिनामा बलात्कार घटनाको उजुरी ८ जति परेको छ । घटनाका अधिकाँश दोषी पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।