नवसंग्राम दैनिक । रेडियो सौगात
लहान, २९ भदौ । लहान नगरपालिकाले बर्षेनी हाम्रो खोलाबाट करोडौ कर असुली गर्छन् । तर, बाटो मर्मत सम्भारमा लगानी गर्दैन । पटक पटक नगरपालिकालाई ध्यानाकर्षण गर्दा वास्ता नगरेकोले अब बाटो नै अबरोध गर्नुपर्ने अवस्था आएको छ लहान २४ का बलिराम यादव बताउँछन् ।
लहान २४ गोबिन्दपुरको साबिक २ पुरानो टोलदेखि सर्रेखोला जोडने बाटोमा सर्रेखोला तथा खुटि खोलाबाट दैनिक अत्यधिक गिट्टी बालुवा उत्खनन गरी ढुवानी गर्दै आएको छ । सोही ढुवानीको लागि चल्ने ट्रक टयाकटरले बर्षायाममा हिलो तथा निकै ठुलो ठुलो खाल्डो बनाउँने गरेको छ । बर्षापछि धुलो धुवाँले सो सडक बाटोमा एम्बुलेन्स, पानी गाडि तथा अति आवस्यक साधनलाई समेत आबत जावत अबरुद्ध हुने गरेको छ यादव बताउँछन् ।
जहाँ सर्रेखोलाबाट बर्सेनि लहान नगरपालिका र जिल्ला समन्वय समिति सिरहाले ठेक्का लगाएर करोडौको कर असुल गरिरहेको छ । तर, सडक मर्मत तथा निर्माण नहुँदा स्थानीयवासीलाई समस्या हुँदै आएको छ । बर्षेनी करोडौ कर असुली गर्ने सो सडक बाटो निर्माणको लागि पटक पटक लहान नगरपालिका कार्यालय तथा लहान २४ वडा कार्यालयलाई आग्रह गर्दै आइरहँदा हालसम्म कुनै किसिमको प्रक्रिया अगाडि नबढाएकोले स्थानीयहरु आक्रोशित छन् । यथाशिघ्र सडक बाटो निर्माण तथा मर्मत सम्भार गर्न भदौ २८ गते लहान नगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
योसँगै त्यस बाटोमा यथासिघ्र खाल्डो पुरी साबिक पुरानो टोल गाउँ भरि नाला निर्माण गरि पक्की सडक निर्माण गरिदिनु हुन ध्यानाकर्षणपत्रमा उल्लेख छ । अन्यथा नागरिक अधिकार मन्च गोबिन्द्पुरले खोलाबाट ढुवानी गर्ने सम्पुर्ण गाडिलाई अबरुद्ध गरि कडा आन्दोलनमा उत्रिन बाध्य हुने उल्लेख छ । योसँगै स्थानीयवासीले असोज पहिलो सत्तादेखि आन्दोलनमा उत्रिने सरोकारवाला निकायलाई जानकारी समेत गराएको छ ।