नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Sep 11, 2021
चाईना समूहमा श्रमशोषण, सुपरभाईजर यादवलाई हड्डी फुटने गरी कुटपिट
 नवसंग्राम दैनिक । रेडियो सौगात 
लहान, २६ भदौ । चाईना रेल्वे नम्बर २ इन्जिनियरिँग समूहले श्रमशोषण गरेको विरुद्धमा आवाज उठाउँदा एक जना सुपरभाईजरलाई आज लहानमा निर्घात कुटपिट गरेको छ । 
चाईना समूहका मि.झ्याँग र सुपरभाइजर रमेश यादवबीच कुटाकुट हुँदा स्थानीय मजदुरलाई समेत हातपात भएको छ । चाईना समूहका झ्याँगमाथी पनि हातपात भएको छ भने लहान २३ का  रमेश यादवको कुम्भको हड्डी फुटेको छ । लहान अस्पतालमा उपचार गरी यादव घर फर्किएका छन् । 
यादव सोही समूहमा तलबी सुपरभाईजर रहँदा मि.झ्याँगले ‘अब केही दिन यहाँ काम छैन’ भन्दै हाजिरी काटेपछि एकआपसमा विवाद भएको हो । विवादको क्रममा यादवलाई मि.झ्याँगले कुटपिट गरी घाईते बनाएको छ । 
चाइना समूहमा मजदुरलाई ज्यालादारीमा राखेका छन् भने सुपरभाईजरलाई २५ हजार तलबमा काम गराउँदै आएको छ । मजदुरलाई प्रति दिन ६ सय, मित्रीलाई ७ सय ५० का दररेट तोकिएको छ ।  सुपरभाईजर यादवले ‘तोकेको दरमा रकम भुक्तानी गर्दैन ।’ यसो त,‘ कसैलाई न्यूक्तिपत्र पनि दिएका छैन । आईकार्ड समेत दिँदैन । चाहेको बेला काम गराउँछन् । नचाहेको बेला निकालिदिने गरेको छ ।’‘यहाँ श्रमको कुनै मूल्य छैन’ सुपरभाईजर यादवले बताए । 
लहानको बलान खोला नजिक दूई सय मजदुर काम गर्दै आएका छन् । यसवारे चाइना समूहका संजय राईले ‘कुटपिट भएको छ ? के भएको हो ? यसवारे अनुसन्धान गर्दैछु ।’ चाइना समूहले सडक विस्तार काममा व्यापक ढिलासुस्ती गर्दै आएको छ भने कमसल समाग्री प्रयोग गरिरहेको छ । 
ईलाका प्रहरी कार्यालय लहानका डिएसपी डा.पतन दहालले घटना भएकै हो । एकपक्षले निवेदन दिएका छन् । दुवैपक्षलाई बोलाएर छलफल गर्ने । त्यसपछि के हुन्छ ? पीडित यादवले क्षतिपुर्ती पाउँनुपर्छ’ बताए । 
जहाँ लोकमार्ग विस्तारको लागि १ करोड ५० लाख अमेरिकी डलरको टेन्डर लिएर चाइना समूहले श्रमशोषण, कुटपिटलगायत विभिन्न यातना दिँदै आएको छ । भोली एमसीसीले नेपालमा काम गर्न थालेपछि अमेरिकी सेनाले बलात्कार, श्रमशोषण र गुलाम नबनाउँला भने के ठोस प्रतिबद्धता ? 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी