मेयर मुनीले लहानवासीलाई यसरी नै ठग्छन्, जो गुमस्ता मृत्यू सैयामा आँसुको धारा बगाउँदैछन्
नवसंग्राम दैनिक । रेडियो सौगात ,
लहान, १४ भदौ । लाठी समातेर समेत उभिन कठिन रहेको यो सय बर्षे बायोबृद्धले गहभरी आँसुको धारा वगाएर हिक्काक रुन्छन् । चिच्चाउँछन् । तर, न्यायमुर्ती नै बेइमान भएपछि कसको के लाग्छ ? लहानका मेयर मुनी साहले भएभरको सम्पती आफ्ना छोरा अमर साह विशालको नाममा हालेपछि वायोवृद्ध नन्दी महतो (गुमस्ता) को यो हालत छ विरेन्द्र यादव बताउँछन् ।
वायोबृद्ध गुमस्ता भन्छन् — मेयर साह नरगी निवासी हुन् । मेरो घर पनि नरगी नजिकै मझौरा थियो । त्यसबेलादेखि मेयर साहको लागि आफ्ना छोराछोरीलाई माया गरिन् । मुनीलाई असाध्यै समिप भएर उनको राजनीतिकलाई सक्रिय पार्दै आए । पटक पटक मेयर बनाए । आफुसँग भएभरको सम्पती उसैलाई दिए । तर, आज लाती हान्दै मन्दिरसहित मेरै घरजग्गाबाट हटाए रुदै आँशु पुच्छदै गुमस्ताले बताए ।
आफुसँग घरघडेरी बेचेको ५२ लाख ५० हजार रकम छोराछोरी र नातीनातिनीलाई नदिई मेयर मुनी साहलाई व्यवस्थापनको लागि २०७१ सालमा दिएका थिए । सो रकम बापत १० लाख लगानी लगाउँन र बाँकी रकमको टाउनप्लानिँगमा जग्गा खरिद गरि एउटा मन्दिर बनाइदिन गुमस्ताले मेयर मुनीलाई जिम्मा दिएका थिए । जसमा ८ लाख कठ्ठाको दरमा दूई कठठा जग्गा खरिद गरियो । पाँच लाख जतिको मन्दिर बनाइदियो । गुमस्ताले ‘जग्गा खरिद र मन्दिर निर्माणमा समेत मेयर मुनी साहले ठगे ।’ ‘खरिद गरेको जग्गासहित मन्दिर मेरो नाममा पनि गरिदिएन । नत मेरो नामको संस्था नै खोलिदिनु भएन ।’ ‘अहिले त्यो जग्गा आफ्ना छोरा अमर साह विशालको नाममा राखिएको छ ।’ ‘जसको लागि मेयरमा चुनाव जिताउँन चार दिन उपवास बसे, पहिले मेयर हुँदा ज्यानको वाजी लगाएर सघाए ’ गुमस्ता रुँदै भकानिए ।
लहान टाउन प्लानिँग स्थित मन्दिरमा रहँदा मेयर मुनी साहले रेखदेखको लागि राखिदिएका एक युवाले गुमस्तालाई गालीगलौज गरी त्यहाँबाट लखेटाका छन् । त्यहाँबाट गुमस्ता भागेर धनगढीमाई नगरपालिका वडा नम्बर – ४ ( निमचौक ) आफ्ना छोराका घरमा जीवनमरनको अवस्थामा बाचिरहेका छन् ।
नागरिकता अनुसार ९० बर्ष र बास्तविक उमेर १०३ बर्ष पुगेका वायोबृद्ध गुमस्ताले स्थानीय तहको निर्वाचन हुन आगावै करिब २०७१ सालमा गुमस्ताले लहान – ४ को आफ्नो नीजि घर बेचेका थिए । ५५३ कित्ता नम्बर १० धुर क्षेत्रफल रहेको उक्त घर सहितको जग्गा ५२ लाख ५० हजारमा बेचेको पत्रकार सम्मेलनमा उनका छोरा शत्रुधन महतोले बताए ।
मेरो वुवालाई मेयर साहले मानसिक रुपले यातना दिँदै आएको शत्रुधन महतोले भने अस्ति मैले उहाँसंग प्रत्यक्ष रुपमा भेट्दा मेयर साहले मेरो छोरा अमर साहलाई मन्दिरको जग्गा दाता बनाउछु तपाईंहरु पुजारी बनेर बस्नु सुनाए ।
लहान – ४ मा रहेको घर सहितको जग्गा मालपोतमा पास गराउन मेयर साहले गुमस्ताका जेठा छोरा रामरतन महतोले मेयर मुनी साहका बुवासँग पाँच कठ्ठा जग्गा पास गरेर लेनदेन गरेको थियो । सो जग्गा फिर्ताका लागि माग गर्दा रामरतनका कान्छो छोरा मनोजकुमार महतोलाई मेयर साहले धम्कयाएर तिम्रो पाँच कठ्ठा जग्गा फिर्ता पाउँन गुमस्ताले बेचेको घरघडेरीमा सनाखत गर्न लगाएका थिए । मेयर साहले लहान नगरपालिकाका जनतालाई यसरी नै ठगी गरिरहेको छ । मेयर साहले लहानका जनताको आँखामा धुलो हालेर निर्माण विकासको काम कमजोर पार्ने गरी कमिशन लिने गरेको छ । कम बोल्ने आफु बोलेको कुरा लागु हुनुपर्ने एकल निर्णयका हिमायती रहेका मेयर साह लहानका जनतालाई फिल्मी खलनायकको शैलीमा ठगी धन्दामा लागेका छन् ।
मेयर मुनी साह आफ्ना गोदी पत्रकारलाई मात्रै भेटने गरेका छन् । आफ्ना चिनजानका गोदी पत्रकारको फोन रिसिभ गर्ने गरेकोले मेयर साहसँग सम्पर्क हुन सकेन ।