नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Aug 27, 2021
खडक नगरपालिकाका बालिकालाई सवल नेपालले शैक्षिक समाग्री उपलब्ध गराए
 नवसंग्राम दैनिक 
लहान, ११ भदौ । सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित लैङ्गिक केन्द्रित परियोजना कार्यक्रम अन्र्तगत सप्तरीको खडक नगरपालिकाको १ देखि ११ सम्मका वार्डलाई समेटिएर  ७८ जना बालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन्। लैङ्गिक कार्यक्रम अन्तर्गत सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालको आयोजना र खडक नगर पालिकाको समन्वयमा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा १० देखि १६ बर्षको बालिकालाई बिद्यालयमा पढाईलाई निरन्तरता र पढ्न सहयोग हुने उदेश्यले प्रति बालिकालाई जम्मा १४ प्रकारका बस्तुको पकैज उपलब्ध गराएका छन् । सो अन्तर्गत साइकल १ थान, साइकलमा हावा हाल्ने पम्प १ थान, ब्याग १ थान , कापी १ दर्जन, जोमेत्री बक्स १ थान, इलेक्तोनिक लेम्प १ थान, कलम १ पकेट , सेनीटाइजर १ बोतल, फेस शिल्ड १ थान, सनिटेरी प्याड १ पकेट , कयाल्कुलेटर १ थान, स्टील सकेल १ थान, छाता १ थान, मास्क १ पकेट गरि १४ प्रकारका  बनाएरप्रति बालिका १ सेट वितरण गरेका छन् । 

नगर प्रमुख मोहम्मद हेमायु हक तथा प्रशासकीय अधिकृत निरज कुमार देव, खडक  नगर पालिका सामाजिक विकास संयोजक भगवती प्रसाद चौधरी, शिक्षा शाखा प्रमुख देबुनाथ चौधरी , प्रशाशन शाखा प्रमुख रमाकान्त चौधरीलगायत खडक नगर पालिकाका बिभिन्न वडाध्यक्षको उपस्थितिमा वितरण गरिएको हो ।  । प्रत्येक बिधार्थीलाई रु १२४१२ बराबरमा शैक्षिक सामग्री वितरण गरिएको छ । 

शैक्षिक सामग्री वितरण कार्यक्रममा नगर प्रमुख मोहम्मद हेमायु हकले सेभ द चिल्ड्रेन र सबल नेपालको खडक नगरपालिकामा शिक्षा क्षेत्रमा ठुलो देन रहेको समेत उहाँले प्रशंसा गर्नुभयो । विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ का कारण शिक्षा क्षेत्र समेत प्रभावित भएको भन्दै प्रशासकिय अधिकृत निरज कुमार देवले भने – बिशेष गरि बिद्यालय पढ्न मन हुने तर कुनै कारणले बिद्यालय जाना छोडेका वा बिद्यालयमा लामो समयदेखि हाजिरी नभएको, उमेर १० देखि १६ वर्ष भएको , कक्ष ६ देखि १२ सम्मको गरिब, दलित , मुस्लिम, अपांगता भएको व्यक्ति, अभिभाबक बिहीन , सिमान्कृत समुदाय को जनजाती , मधेशी आदि समुदाय र कोविद १९ को कारणले अभिभावक गुमाएका बालिकालाई प्राथमिकता दिएको जानकारी दिनुभयो । 

शैक्षिक सामग्री वितरण कार्यक्रममा आयोजक संस्था सबल नेपालका लैङ्गिक केन्द्रित कार्यक्रम परियोजना संयोजक हेमन्त परासर, तथा सबल नेपालका फिल्ड सुपरभाइजर अशोक कुमार साह र प्रोयोजित कार्यक्रमका सहायक नम्रता परियारको समेत उपस्थिति रहेको थियो । “बालिका शिक्षा प्रबर्धन गरौ र बेटि बचाऔ, बेटि पढाआौ” मुल नाराका साथ कार्यक्रम संचालन गरिएको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी