नवसंग्राम दैनिक .
लहान, ५ भदौ । सिरहाको लहानबाट लागुऔषधसहित भदौ ५ गते लहान प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । लागुऔषध मुद्दामा आठ बर्षदेखि फरार रहेका थप एक जनालाई प्रहरीले नियन्त्रण लिएको छ ।
ईलाका प्रहरी कार्यालय लहानका डिएसपी डा.तपन दहालका अनुसार लहान ३ स्थित लालबाबु साहका घरमा बसेर लागुऔषधको कारोबार गरिरहेका सप्तरीका शम्भुनाथ ४ अर्नामाका बालकृष्ण साहलाई पक्राउ गरिएको छ । योसँगै थप ४ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । थप ४ जनालाई अनुसन्धान सकिएपछि अभिभावकलाई जिम्मा लगाउँने बताएका छन् । पक्राउ परेका बालकृष्ण साहसँग नाइट्रोभेट २ सय ८५ ट्वलेट र ९ हजार फेला परेको छ ।
यसैगरी लहानको सिम्रिक होटलको कोठा नम्बर ४०२ बाट चार जनालाई लहान प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्ने दोलखा भिम्नेश्वरका बर्ष २५ का अर्जुन थामी, बर्ष २९ का सुशान्त गुरुँग, बर्ष ३१ का समिर मगर, बर्ष ३२ का सरोज तमाँग रहेका छन् । प्रहरीले उनीहरुसँग ७ ग्राम ब्राउन सुगर र एक थान मारुती सुजिकी अल्टो फेला पारी नियन्त्रणमा लिएको छ ।
यसैबीच, लागुऔषध मुद्दामा आठ बर्षदेखि फरार रहेका एक जनालाई आजै पक्राउ गरिएको डिएसपी डा.दहालले बताए ।