नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Aug 01, 2021
लहानमा कोरोनाविरुद्धको खोप बिक्रीवितरण, गिरीराजको नाममा अर्के लगाए
 
नवसंग्राम दैनिक
लहान, १७ साउन । कोरोना भाइरस संक्रमणविरुद्धको खोपमा लापरवाही बढेको छ । लहान ७ स्थित शुक्रवार संचालन गरिएको खोप कार्यक्रममा गिरिराज शर्माको नाममा अर्केले खोप लगाएपछि चासोको विषय बनेको छ । २०२८ माघ २८ गते जन्म मिति रहेको गिरिराज शर्माको नामममा ४६ बर्ष उमेरका एक व्यक्तिलाई खोप लगाएको खुलासा भएको छ ।  गिरिराज शर्माले ‘मेरो नाममा कसरी अरुले खोप लगायो ।’ ‘यहाँ त खोप विक्री समेत भइरहेकोले मेरो नामको खोप अरुले लगाएको हुनु पर्छ ।’ 
 
लहान नगरपालिकाका स्वास्थ्य अधिकृत रामसुन्दर यादवले यसवारे मलाई केही थाहा भएन । लहान ७ स्थित खोपको जिम्मा हेपो इन्चार्ज रामानन्द चौधरीलाई दिएको थियो । उनीहरुले नै यस्तो लापरवाही गरेको हुनुपर्छ । यसवारे खोजतलास जारी छ । दोषीलाई कारवाही हुनुपर्छ ।  अधिकृत यादवले भने ‘अहिले ५० बर्षमाथी उमेर समूह, सरसफाईकर्मी र स्वास्थ्यकर्मी समूहको लागि खोप लगाउँने कार्यक्रम रहेको छ । तर, अरुकै नाममा यसरी खोप लगायो भने पक्का आर्थिक चलखेल भएको हुनुपर्छ ।’ ‘की त मलाई फसाउँने षड्यन्त्रण भइरहेको हुनुपर्छ ।’ उनले बताए । 

गिरीराज शर्माको नाममा लगाएको खोप कार्ड नम्बर ८२ रहेको छ भने रन्जना साहले हस्ताक्षर गरिएको छ । जेनसेन खोप लगाइएको हो । 
लहानमा खोप कर्मचारीहरु आर्थिक प्रलोभनमा परेर भारतीय नागरिक र समूह बाहिरका व्यक्तिलाई खोप बेच्ने गरेको आरोप छ । यो भन्दा अगाडि पनि लहानमा खोप विक्री भएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी