नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jul 29, 2021
हत्या दावी गर्दै लहान प्रहरीमा माईतीपक्षको प्रदर्शन
 नवसंग्राम दैनिक
लहान, १४ साउन । झुण्डिएर एक महिलाको ज्यान गएको छ विषयमा हत्याको षड्यन्त्र गरिएको भन्दै माइतीपक्षले लहान प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेको छ । 
ईलाका प्रहरी कार्यालय लहानका डिएसपी डा.तपन दहालले पोष्टमार्टमको रिर्पोट आएपछि यो हत्या हो की आत्महत्या अनि मात्रै जाहेरी दर्ता गर्ने बताएका छन् । उता, मृत्तक महिलाको शवसहित प्रहरी कार्यालय लहान अगाडि मुद्दा दर्ता गर्न माईतीपक्षले प्रदर्शन गरेको छ । माइतीपक्षले ससुराले हत्या गरेको आरोप लगाउँदै प्रदर्शन गरेको छ । 
ससुरा पक्षले हत्या गरेको भन्दै माइती पक्षले मृतक महिलाको शवसहित प्रहरी कार्यालय अगाडि आज प्रदर्शन गरेका हुन् ।
सिरहाको धनगढीमाई नगरपालिका ६ सिमराका सुनिल महतोकी अन्दाजी २९ वर्षीया श्रीमती ज्ञानकुमारी महतो सोमबार राति पौने १२ बजेतीर आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । घटनाबारे जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले मंगलबार बिहान मृतकको शव पोष्टमार्टमका लागि धरान पठाएको थियो । धरानबाट पोष्टमार्टमपछि मृतक महिलाको शव माइती पक्षले ल्याएर प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । ज्ञानको मृत्यु घटना आत्महत्या नभई हत्या भएको माइती पक्षको आरोप छ ।
मृतक महिलाका श्रीमान् सुनिल कमजोर मनस्थितिका छन् । आठ वर्षअघि बिहे भएका उनीहरूको एक सन्तान छ । बिहे भएदेखि नै छोरीलाई ससुरा र देवरले विभिन्न किसिमको यातना दिँदै आएको र अहिले आएर हत्या नै गरिदिएको मृतककी आमा महेश्वरी महतोले बताइन् । आमा महतोले छोरीको शरीरको विभिन्न भागमा हिलो लागेको पनि देखिएकोले उनलाई घिसारेर हत्या गरेको हुनसक्ने र त्यसपछि फस्ने डरले झुण्ड्याइदिएको उनकी दावीे छ । छोरीको हत्या नै भएको पटकपटक प्रहरीलाई बताए पनि प्रहरीले आफूहरूलाई वास्ता नगरेको र जाहेरी पनि नलिएपछि शव लिएर प्रदर्शन गरेको उनले सुनाइन् ।
यता, प्रहरीले शव झुण्डिएको अवस्थामा भेटिएका  कारण  अहिले जाहेरी नलिएको बताएको छ । शव     पोष्टमार्टम भइसकेको र दुई÷तीन दिनमा रिपोर्ट आएपछि त्यसको आधारमा अघि बढ्ने प्रहरीको कथन छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी