नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jul 28, 2021
नरहा प्रमुख सुजितलाई कारवाही गर्न माग, जहाँ गएपनि आर्थिक लफडा
 नवसंग्राम दैनिक
लहान, १३ साउन । राष्ट्रिय शिक्षक मंच सिरहाले ७ बुँदे माग शिक्षा विकास तथा समन्वय इकाई सिरहा समक्ष राखेको छ । शिक्षक मंच सिरहाको साउन १२ गते बसेको बैठकले शिक्षकहरुको समस्या एकमुष्ट रुपमा समाधान गर्न शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख रामबृक्ष महतो समक्ष सात बुंदे ज्ञापन पत्र बुझाएको छ ।

शिक्षक मंच सिरहाका अध्यक्ष शत्रुधन यादवका अनुसार अर्नामा गापा अन्तर्गतको मावि गौरिपुरका शिक्षक हरिदेव यादवको तलब अविलम्ब निकासा गर्न माग गरिएको छ ।
यसैगरी अर्नामा गाँउ पालिकाको शिक्षा सम्बन्धी अनुदान रोक्का गरिनु पर्ने माग राखेका छन् ।

नियमावली विपरित कार्य गर्ने पालिकाहरुको शिक्षा शाखा प्रमुखलाई विभागिय कार्यवाही गर्न जोड दिएका छन् । शिक्षा विकास तथा समन्वय इकाई सिरहाबाट शिक्षा ऐन तथा नियमावली विपरित भएको आन्तरिक र जिल्लान्तर सरुवा बदर गर्न माग गरिएको छ । त्यसैगरी जिल्ला भित्रका सम्पुर्ण समस्यामा रहेका शिक्षकहरुको समस्या एकमुष्ट रुपमा समाधान गर्न जोड दिएका छन् । शैक्षिक सत्र शुरु भैसकेकोले तहगत प्रअ व्यवस्थापन सहितको दरवन्दी मिलान गरिनु पर्ने जोड दिएका छन् । यसैगरी भ्रष्टाचार गर्न नपाएको झोकमा नियतवश मावि बर्छावाको नमुना विद्यालय विकास कार्यक्रमको एक करोड रकम फ्रिज गराउने नरहा गापाका प्रमुख प्रशासकीय अधिकृत सुजित यादवलाई विभागिय कार्वाहीको लागि सिफारिस गरिनु पर्ने ज्ञापनपत्रमा उल्लेख छ । 

प्रशासकीय अधिकृत यादव जहाँ गएपनि लफडा
प्रशासकी अधिकृत सुजित यादव घुस लेनदेनमा ख्याती कमाएका छन् । विष्णुपुर गाउँपालिकामा रहँदा अधिकृत एक करोड रुपैयाँ निकासा गरेर योजनाहरु अलपत्र पारेका थिए । त्यसैगरी, भगवानपुरमा रहँदा चरम असुन्ष्टी सृजना गरेर आर्थिक हिनामिना गर्दा त्यहाँबाट सरुवा गराएर लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत भएका थिए । लक्ष्मीपुरपतारीमा समेत अधिकृत यादवले बैंक खाता रोकाएका थिए । र, अग्रिम रकम माग गर्दा गाउँपालिका अध्यक्ष रामवल्भ साह र अधिकृत यादवबीच जुहारी नै भएको थियो । लक्ष्मीपुर पतारीमा काम गर्न असक्षम भएपछि त्यहाँबाट अधिकृत यादवलाई लखेटीएका थिए । अहिले नरहा गाउँपालिकामा समेत आर्थिक चलखेल गर्न थालेपछि स्थानीयहरु आक्रोशित छन् ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी