नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jul 28, 2021
सबल नेपालले सुरुँगामा शैक्षिक समाग्री वितरण गरे
 नवसंग्राम दैनिक
लहान १३ साउन । “बालिका शिक्षा प्रबर्धन गरौ र बेटि बचाऔ, बेटि पढाआौ” मुल नाराका साथ सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित लैङ्गिक केन्द्रित परियोजना कार्यक्रम अन्र्तगत सप्तरीको सुरुङ्गा नगरपालिका ७७ बालिकालाई शैक्षिक समाग्री वितरण गरेका छन् । 

लैङ्गिक कार्यक्रम अन्तर्गत सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालको आयोजना र सुरुङ्गा नगर पालिकाको समन्वयमा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा १० देखि १६ बर्षको बालिकालाई बिद्यालयमा पढाईलाई निरन्तरता र बिद्यालयमा पढ्न सहयोग हुने उदेश्यले उक्त समाग्री उपलब्ध गराएका छन् । 

प्रति बालिकालाई १४ प्रकारका समाग्रीको पकैज अन्तर्गत साइकल १ थान, साइकलमा हावा हाल्ने पम्प १ थान, ब्याग १ थान , कापी १ दर्जन, जोमेत्री बक्स १ थान, इलेक्तोनिक लेम्प १ थान, कलम १ पकेट , सेनिटाइजर १ बोतल, फेस शिल्ड १ थान, सेनेटेरी प्याड १ पकेट , कयाल्कुलेटर १ थान, स्टील सकेल १ थान, छाता १ थान, मास्क १ पकेट गरि पकैज बनाएर प्रति बालिका १ सेट वितरण गरेका छन् । 

नगर प्रमुख मुक्तिनाथ चौधरी तथा नगर उप प्रमुख बिन्दा कुमारी पासवान, प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्मा , सुरुङ्गा नगरपालिका ७ का वडा अध्यक्ष शिव नारायण चौधरी, वडा नम्बर ५ अध्यक्ष अरुहुलिया देवी पासवान, वडा नम्बर ४ का अध्यक्ष देवेन्द्र चौधरीले प्रत्येक बिधार्थीलाई रु १२४१२ बराबरमा शैक्षिक सामग्री वितरण गरेका छन् । शैक्षिक सामग्री वितरण गर्दै नगर प्रमुख मुक्तिनाथ चौधरीले शिक्षालाई नगरले पहिलो प्राथमिकतामा राखेको र त्यहि अनुरुप बजेट विनियोजन गरेको बताउँनुभयो । सेभ द चिल्ड्रेन र सबल नेपालको सुरुङ्गा नगरपालिकामा शिक्षा क्षेत्रमा ठुलो देन रहेको समेत उहाँले प्रशंसा गर्नुभयो । 

विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस अर्थात कोविड –१९ का कारण शिक्षा क्षेत्र समेत प्रभावित भएको भन्दै प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले– शिक्षा क्षेत्रको सुधार पहिलो आवश्यता रहेको र त्यहि अनुसार नगरपालिकाले शिक्षाको लागि २ करोड रकम विनियोजन गरेको जानकारी दिनुभयो । शैक्षिक सामग्री वितरण कार्यक्रममा आयोजक संस्था सबल नेपालका अध्यक्ष जुना गिरी, अनुगमन, मूल्याणकन, जवाफदेहित र सिकाई अधिकृत अमितकुमार साह, सबल नेपालका लैङ्गिक केन्द्रित कार्यक्रम परियोजना संयोजक हेमन्त परासर, तथा सबल नेपालका फिल्ड सुपरभाइजर अशोक कुमार साह तथा श्री मसिलाल जनता माध्यमिक बिधालय कुशहाका प्रधानाध्यापक हंसनारायण मेहताको समेत उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रत्येक वडा बाट ७ जना गरेर सुरुङ्गा नगरपालिकाको ११ बाट वडाको जम्मा ७७ जना बालिकालाई सहयोग गरियो । कार्यक्रममा मन्तब्य राख्दै बिशेष गरि बिद्यालय पढ्न मन हुने तर कुनै कारण बिद्यालय जान छाडेका वा बिद्यालयमा लामो समयदेखि हाजिरी नभएको, उमेर १० देखि १६ वर्ष भएको , कक्ष्य ६ देखि १२ सम्मको गरिब, दलित , मुस्लिम, अपांगता भएको व्यक्ति, अभिभाबक बिहीन , सिमान्कृत समुदायको जनजाती , मधेशी आदि समुदाय र कोविद १९ को कारणले अभिभावक गुमाएका बालिकालाई प्राथमिकता दिएको सबल नेपालकी अध्यक्ष जुना गिरीले जानकारी गराउनुभयो .
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी