नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Jun 05, 2021
धनगढीमाईमा ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् रोकिएन, चुरे दोहनपक्षमा मेयर चौधरी
 लहान, २२ जेठ । सिरहाको धनगढीमाई नगरपालिका १३ असारीको सर्रे खोलामा ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् हुँदा बस्ती नै उजाड हुने जोखिम बढेको छ । 
चुरे दोहनविरुद्ध देशव्यापी आन्दोलन चलिरहेको बेला माओवादीबाट निर्वाचित मेयर हरिनारायण चौधरीले बस्तीलाई नै जोखिम हुने गरी रोशन कन्ट्रक्शन जनकपुरलाई उत्खनन् गर्न स्वीकृती दिएको छ । 
जेठ ११ गते दिएको स्वीकृती बमोजिम १५ हजार घन मिटर सर्रे खोलाबाट ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् गर्न सो कन्ट्रक्शनलाई जिम्मा दिएको हो । 
१४० रुपैयाँ घन मिटरको दरमा धनगढीमाई नगरपालिकाले स्वीकृती दिएको हो । जहाँ एक घन मिटरको विक्री दर १२ सय रहेको छ । जेठ २१ गतेसम्म सो कन्ट्रक्शनले ३ हजार घन मिटर ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् गरिसकेको छ । 

रोशन कन्ट्रक्शनले ढुँगा, गिट्टी तथा वालुवा निकासी गर्न त्यसक्षेत्रको सामुदायिक वन फडानी गरी नयाँ बाटो बनाएको छ । यस प्रति जिल्ला वन कार्यालय लहान सिरहा बेखबर छन् । 
सर्रे खोलाबाट यसरी ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् गर्दा खोला डाईभर्ट भएर धनगढीमाईको वडा नम्बर १२, ११, ३, २ लगायतको गाउँवस्ती पूर्णरुपमा डुबान पर्ने समाजसेवी शिवशंकर महतो बताउँछन् । महतोले ‘यस्तो अवस्था रहियो भने मधेश मरुभूमी बन्ने निश्चित छ ।’ ‘यो ढुँगा, गिट्टी तथा वालुवा आफ्नो गाउँठाउँको विकासमा प्रयोग भए हुन्थ्यो ।’ ‘तर, धनगढीमाई भन्दा बाहिर लगेर यत्रो ठुलो खाल्टो बनाएको छ ।’‘ यो मेयरले आर्थिक चलखेल गरेर गाउँबस्तीलाई क्षति पुर्याउँने काम गरिरहेको छ ।’ ‘यसको प्रतिकारमा हामी आन्दोलित छौं ।’ अवैद्य ढंगबाट ढुँगा, गिट्टी तथा वालुवा निकासी गर्ने कार्य रोक्न स्थानीयवासी आन्दोलित छन् । 
चुरे दोहन रोक्न हामी आन्दोलनमा छौं ।मेयर चौधरी पनि माओवादीबाट आएका हुन । माओवादी पनि ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् रोक्न आन्दोलनमा रहेको बेला यो मेयरले आर्थिकलाभमा ब्यापार चलाउँदै आएको अर्का समाजसेवी महेश अधिकारीले बताए । 
समाजसेवी अधिकारीले ‘हेवी जेसिबी प्रयोग गरेर उत्खनन् गरिरहेको छ ।’ ‘मेयर चौधरीलाई जनता मार्ने काम नगर्न पटक पटक अनुरोध गरे । तर, मेयर चौधरीले आफ्नो गाउँवस्ती लोकमार्गदेखि दक्षिण रहेकोले त्यस जोखिम वस्तीप्रति दयामाया नगरेको देखियो ।’ ‘विकास र मानव संसाधनप्रति यो मेयरको कुनै सकारात्मक सोच नरहेकोले हामी जोखिममा परेको’ समाजसेवी अधिकारीको कथन छ । 
मेयर हरिनारायण चौधरीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (वातावरण तथा विपद् व्यवस्थापन शाखा)बाट बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ बमोजिम उत्खनन् गर्न दिएको हो । चुरे दोहनविरुद्ध आन्दोलन जेठ १५ गतेदेखि भएको हो । म त्यो भन्दा पहिले जेठ १० गते नै निर्णय गराएर स्वीकृती दिइसकेको हुँ । आन्दोलनसँग मलाई के मतलब ? मेयर चौधरी बताउँछन् ।
खानीको नाममा मरुभूमी बन्दै 
सिरहाको गोलबजार, धनगढीमाई, लहान, नरहा, मिर्चैयामा व्यापक ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् भइरहेको छ । नरहा ३ चोहर्वा स्थित यो लकडाउनको अवस्थामा समेत दर्जनौ ठाउँमा पचास फिटभन्दा गहिरो खनेर ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् गरिएको छ । यसप्रति सरोकारवाला निकाय बेखबर नरहेको स्थानीय रामकुमार यादव बताउँछन् । स्थानीयका अनुसार प्रहरी प्रशासनकै मिलोमतोमा यस्तो ढुँगा, गिट्टी तथा वालुवा उत्खनन् भइरहेको छ । हामी उजुरबाजुर गर्दा कहिकतै सुनवाई हुँदैन ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी