रामरिझन यादव
२०७८ वैशाष १० गते अन्तर्राष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस ! नेपालका पुराना पुस्तकालयहरुमध्ये एक सिरहा पुस्तकालयमा यो दिवस मनाउने तय भएको थियो । म विराटनगरमा थिएँ, त्यसैले सम्पूर्ण तयारीको जिम्मा व्यवस्थापन समितिका अध्यक्ष अरुण पासवानले लिए । म केवल प्रमुखवक्ताको रुपमा जनकपुरका साहित्यकार तथा राजनीतिक विश्लेषक रोशन जनकपुरीसँगै केही सचेत साथीहरुलाई फोनबाट निम्त्याएँ । हुलाकी सडक भएर जनकपुरबाट सिरहाजम्मा २५ कि.मि.मात्र रहेकोले इन्द्रदेव गुवारको सहयोगमा प्रमुखवक्तालाई सिरहा पुग्न समय लागेन । कार्यक्रम भव्यरुपमा सफलभयो । पाहुनाहरुलाई खाना खुवाउँदासम्म सिरहाबाट जनकपुरको लागि सबै बस हिडिसकेकोले चोहर्वा पुग्नुवाहेक अर्को विकल्प रहेन । भर्खरै मधेसको सामाजिक रुपान्तरणमा विद्यावारिधि (पिएचडि) गरेका गोलवजार नपाका डा.जयनारायण यादवको कारमा हामी चोहर्वा पुग्यौं, जहाँबाट रोशन जनकपुरीले जनकपुरको बाटो लागे ।
त्यसै दिन रात्रि लग्नमा प्राध्यापक चन्देश्वर प्र. यादवकी (ठेंगही) छोरी डा.ज्यातिको विहे भएकोले हामी सपरिवार लहान पुग्यौं । शिखाकिरण, धीरज भट्टराई र श्रद्धासंगै म पनि विहेमा औपचारिकता निर्वाह गर्दै राति ११ बजेतिर आअफ्ना गन्तब्यतिर लागे । सारथी डा. जयनारायण यादवसँगै लगातार तीन दिनसम्म उनको गाडीमा सिरहा घुमे । वैशाष १३ गते विपिकेआइएच धरानका भूपू उपकूलपति डा.विपिदासकी छोरीको विहेमा धरानतिर लागे, तर पुगे विराटनगर घर । विराटनगर पुग्दासम्म करोना कोभिड—१९ को त्रास मेरो घरलाई छोई सकेको रहेछ । त्यसैले कुनै पनि हालतमा मलाई धरान जान दिइएन । म न यता नउता, किंगकर्तब्यविमुढ भएँ ।
त्यसको तीन दिनपश्चात् जो खबर सुने त्यसले होसहवास उडाईदियो । चैनसंग वस्न सकिरहेको थिइन । आँखाबाट निद्रा हरायो । घडी घडी म लक्ष्मीको नजिकजान्थे र उसको मुख हेरेर फर्किन्थे । एक पटक त उसले सोधि पनि हालिन के भयो किन यसरी बारम्बार मलाई घुर्नु हुन्छ ? म अब्बाक भएँ । केही पनि भनिन । मनमनै सोचे केहीभन्यो भने यसले झन् त्रास फैलाउँछ । त्यसैले चुपलाग्नु नै वेस !
उता फेसबूक खोलेर बारम्बार रोशनजनकपुरीको अवस्था हेर्थे । उनीचाहिँ साहित्यिक पारामा आफू पनि यसै जुनीका एक सदस्य भएकोले कोरोना लागेको सगर्वखबर सबैलाई सम्प्रेषण गरिरहेका थिए । सँगसंगै कार्यक्रममा लगातार तीन घण्टा बसेको र सिरहाको रिमझिम होटलमा आमने सामने बसेर खाना खाएर एउटै गाडीमा चोहर्वासम्म पुगेको दृश्य विस्मृत नै हुन सकिरहेको थिएन । आखिर यति नजिक भएर सबै थोक सम्पादन गरेकोले पक्कै पनि जिउँमा कोरोना पसिसकेको मेरो निष्कर्ष थियो । त्यसैले म र लक्ष्मी दुई दिनपछि सुत्ने ठाउँ फेरे र घरमा पनि मास्क लगाउन थाले ।
त्यहीदिन कान्छी श्रद्धाले भनिन् ‘ बुवा डा हिरालाई कोरोना लाग्यो ।’ म आकाशबाट खसै झै भएँ । परिवारमा सबै चिन्तित भयो । जसको परिवारमा कोरोना रुपी चिन्ताले छोई सकेको अवस्थामा डा. हिराको खवर सुनेर दशहत उत्पन्न भयो । किनकि डा.ज्योतिको विहेमा हाम्रो सम्पूर्ण परिवारले घण्टौ एकै ठाउँमा बसेर डा. हिरासंग रमाइलो गरेको थियो । यो कुराले इनर्वामा रहेकी शिखा पनि त्यतिकै चिन्तित भइन् । यता हाम्रो परिवारको अवस्था अत्यन्तै भयावह थियो । अलिकति पनि खोकी लाग्यो कि कोरोनाको आशंका ! टाउको दुख्यो कि कोरोनाको कहर ! पेट दुख्यो कि कोरोनाको त्रास ! जस्ता शंकैशंका बीचमा दिन व्यतित गरि रहँदा खवर आयो कि डा जयनारायण यादव पोजिटिभ भए रे ! ज्वरोले डा यादवलाई तीनदिनदेखि तवाह गरेको छ भन्ने समाचारले त जिउँझसंग भयो । किनकी लगातार तीन दिनसम्म डा. जयनारायणसंग म सिरहाको सयर गरेको थिएँ । यो खवरले हाम्रो परिवारको अवस्थालाई कहाँ पु्र्याएको होला भन्ने अनुमान गर्न सकिन्छ । म फेरि लक्ष्मीनिर गएँ । उसको अनुहार हेरे र केही समस्या त भएको छैन भन्ने सोधे । किनकि हाम्रो परिवारले भ्याक्सीन लिने अवस्था रहेन ।
यसरी हामी त्रासमा दिन विताइरहेका थियौं । त्यतिकै बेला धनुषाबाट इन्द्रदेव गुवारको फोन आयो । यिनी त्यही व्यक्ति हुन जसले रोशन जनकपुरीलाई मोटरसाइकलमा सिरहा ल्याई पुर्याएका थिए । इन्द्रदेव गुवारले मधुर भाषामा भन्छन् ‘सर मलाई ज्वरो आयो ।’ भयो निबर्वाद ! अव के रह्यो र ! यसले त हामीले कहाँ पुर्याए होला सोच्न सकिन्छ । वहा रे कोरोना ! तिमीले ल्याएको त्रासले घर परिवार कसरी त्रसित जीवन व्यतित गरिरहेका छन भन्ने कुराको ज्वलन्त प्रमाण म आफै थिए ।
म यति भयभित र त्रसित हुनुको प्रमुख कारण मेरो पारिवारिक अवस्था हो । मेरो जीवन साथी लक्ष्मी अधिकारी मुटुका दीर्घ रोगी हुन् जसलाई वाइपास सर्जरी भएको छ । मुटुको तीन भाल्भमध्ये एउटा कृत्रिमपितलको भाल्भलागेको छ । अर्को सिपेज भएकोले ओषधीमार्फत टालिएको छ । एउटामात्र भाल्भ तनदुरुस्त छ । म पनि अस्ति मुटुमा स्टेन लगाए ।
यी तमाम कुराले हाम्रो घरको वातावरणलाई तनावपूर्ण बनाई दिएको थियो । कुनै पनि सामाजिक र राजनीतिक कार्यक्रम पूर्ण रुपले बन्धेजको अवस्थामा पारिवारिक अनुशासन भंग गरेर हामी सिरहा गएका थियौं । वैशाष १३ गते धरान जान तम्तयार बसेको थिएँ, तर लक्ष्मीले जानदिइनन् । किनकि उसलाई थाहा छ कोरोनाले सबैभन्दा बढी दीर्घ रोगीलाई समाउँछ ।
आखिर कोरोनाको कहरले चारै तर्फ छाइसकेको अवस्थामा हामीलाई किन छोएन भन्ने प्रश्न सबैको लागि जिज्ञासाको विषय हो । अमेरिकाले के भनेका छन् भने मास्क एउटा मात्र होइन, डब्बल लगाउँ जसले ५० प्रतिशतभन्दा बढी औषधीको काम गर्छ । त्यतिबेला मैले अमेरिकाद्वारा सम्प्रेषित यो तथ्यबाट अनभिज्ञ नभए पनि औपचारिक जानकारी थिएन । त्यसैले एउटा मात्र मास्कको प्रयोग गर्थे । म मात्र होइन, मेरा परिवारका सम्पूर्ण सदस्य चाहे विहेको वेला होस् वा वाहिरको अवस्था, एक छिन पनि मास्क खोलेन । म स्वयं पनि डा जयनारायणको कारको अघिल्लो सिटमा बस्दा कुनै पनि बेला मास्क खोलिन । रोशन जनकपुरीसंग बसेर खानाखाइरहेको बेला मास्क अवश्य खोलेको थिए । तर, सुखदपक्ष के रह्यो भने हत्तार भएकोले हाम्रो कुराकानी भएन । सक्दो छिटो खाना खाएर उठ्न वित्तिकै म मास्क लगाई हाले । त्यतिबेलासम्म सिरहामा मास्क थोडै मात्रको मुखमा देखेको थिए । अदालत र मालपोत कार्यालयको भिडमा मास्क विहीनको संख्या अत्यधिक थियो ।
त्यसैले वेशाष १० गतेदेखि जेठ १० गते आज यो हरफ विराटनगरको घरमा बसेर लेखिरहँदा वातावरण, मौसम र परिस्थिति कति बदलिएको छ भन्ने कुरा मैले भनिरहनु पर्दैन । म अहिले विराटनगरमा छु तर सिरहासंग मेरो जिबित सम्पर्क छ । भर्खरै थाहा पाएँ सिरहामा अब मास्क विना एक जना पनि हिड्दैन रे ! क्यागजब ! सिरहा आखिर सिरहा हो ।
यसबीचमा सिरहाले चिकित्सकदेखि सामान्यजनसम्म गुमाएको खबरले स्तब्ध र दुखी भएको छु । तर के कुरा भन्न चाहन्छु भने सतर्कता नै सबैभन्दा ठूलो औषधी हो । मास्क भन्दा ठूलो औषधी अहिले कोरोनाको हकमा बनेको छैन । त्यसैले तमाम जिल्लावासी डब्बल मास्क लगाउँ, यही नै ठूलो उपचार हो । मिथिलाञ्चल, विराटनगर —१० नवीनटोल ।