नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
अन्तर्वार्ता
Jan 07, 2021
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी सवल रहेको दावी गर्छन् मो.रहमुल ।
१) तपाईं धेरै दिनदेखि माटो बचाउ अभियान लिएर कृषि क्षेत्रमा लाग्नु भएको छ । यसको उपलब्धीहरु के होला ?
रहमुल ः देशको लगभग ६२ प्रतिशत जनसँख्या कृषि पेशामा लागेका छन् । र ,शतप्रतिशत नागरिकको आहार उत्पादन माटोबाट हुन्छ । यस संसारमा जतिपनि जीव छन् ती सबैको अनिय दिने माटो नै हो । तर, हालको अवस्था हेर्दा मापदण्ड विपरित रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी भइसकेको छ । मित्र जीवको नाश र शत्रु जीवको विगविगी अत्यधिक मात्रामा भइरहेको छ । माटोको उर्वरा शक्ति घटि सकेको छ ।  रोगी माटोले कमसल उत्पादन भएर जल जमिन जंगल जीव जनावरलगायत वातावरणसमेत दुषित भइरहेको छ । मानवको लागि औषधी नै खाना र अस्पताल नै ओछ्यान भइरहेको छ । साथै बढी लगानीमा कम उत्पादन भइरहेको कारण किसानले खेती गर्न छाडदै छन् । त्यसकारण म एउटा कृषिको विद्यार्थीको नाताले माटो बचाउ अभियान लिएर किसानहरुको खेतवारीसम्म कृषि क्षेत्रलाई पुरानै शैलीमा फर्काउन लागेको छु ।
— २) माटो विरामी छ भने कसरी थाहा पाउँनु हुन्छ तपाई ? 
रहमुल ः किसानहरुको  खेतवारीमा पुगेर उहाँको माटो निःशुल्क जाँच गरी रोगी निरोगी माटो पत्ता लगाउँछु ।  ३) माटोमा धेरै समस्या देख्नु भो तपाईले यसको उपचार सम्भव छ त ? 
रहमुल ः शतप्रतिशत सम्भव छ र यसका लागि अर्गानिक तरिका हामी अपनाउन सक्छौ । यो सबै हाम्रै घरमा उपलब्ध छ । यसको लागि हामी खोजी गरौं । 
४) यो विरामी माटोलाई पुरानै अवस्थामा फर्काउन के गर्नु पर्ला ? 
रहमुल ः रसायनिक विषादीको विकल्पमा अर्गानिक जैविक र रसादीलाई रोजौं जसको लागि हामी गहुँत गोवर पशुबाट, मोही, लहसुन, सरवर, बोझो, हरियो खुर्सानी, तिते पाती, निमको पात, सुर्ती आदि आफ्नै खेतबाट र भन्साबाट निस्केका विभिन्न तरकारीको बोक्राहरुको प्रयोग गरी जैविक मल र रसादी प्रयोग गरी विरामी माटोलाई पुरानै अवस्थामा फर्काउन सक्छौं । हाल हाम्रो माटोमा रसायनिक विषादीको आदत परेकोले यसको मात्राप्रति बालीमा १५ देखि २० प्रतिशत घटाउँदै लानुपर्छ । ३—४ बर्षमा माटो पुरानै अवस्थामा फर्किन्छ । 
५) माटो भनेको के हो ? 
रहमुल ः ५ प्रतिशत अर्गानिक मेटर २५ प्रतिशत हावा २५ प्रतिशत पानी र ४५ प्रतिशत खनिजको मिश्रन भनेको माटो हो । 
६) माटोलाई कति प्रकारको तत्व चाहिन्छ ? यसलाई कति भागमा वर्गीकरण गरिएको छ ? 
रहमुल ः माटोलाई १६ तत्व चाहिन्छ र यसलाई ३ भागमा वर्गिकरण गरिएको छ । क) मुख्य तत्व ख) सहायक तत्व ग) सुक्ष्म तत्व हो । 
७) मित्र जीव र शत्रु जीवमा के भिन्नता छ ? 
रहमुल ः मित्र जीवले माटो र वालीनालीलाई   संरक्षण गर्छ र शत्रु जीवलाई  नष्ट गर्छ भने शत्रुजीवले      वालीलाई क्षति पुर्याउछ । 
८) तपाई त कृषि प्राविधिक पनि हो के तपाईलाई थाहा छ ? देशको कुल भूभागको कति प्रतिशत भूभागमा खेती भइरहेको छ ? र, कति रसायनिक मल हाम्रो देशमा आवश्यकता छ ? 
रहमुल ः धेरै राम्रो प्रश्न गर्नु भयो । कुल भूभागको १७ प्रतिशतमा खेती भइरहेको छ । र, ७.५ लाख मेट्रीक टन रसायनिक मलको आवश्यकता छ । 
९) तपाई किन यस क्षेत्रमा लाग्नु भएको हो ? 
रहमुल ः २०४८ सालमा लहान प्राविधिक शिक्षालयबाट जेटिए पास गरे । सोर्स फोर्स तथा पैसाको अभावमा सरकारी जागीरमा पस्न सकिएन । तर, मेरो संघर्ष रोकिएन । लगातार प्रयास गरिरहदा यसै कृषि क्षेत्र दिनप्रति दिन धरासाही भइरहेको देख्दा र कृषि विद्यार्थीको नाताले यस क्षेत्रमा लागेको छु । 
१०) देशका आम कृषक दाजुभाई तथा दीदी बहिनी कुन अवस्थामा बाँचिरहेका छन् ? 
रहमुल ः परनिर्भरतामा बाँचिरहेका छन् । 
११) आत्म निर्भरमा बाँच्न के गर्नु पर्ला ? 
रहमुल ः हाल देशमा ३ तहका सरकार छन् । तर, दुख लाग्छ । कसैको पनि कृषि क्षेत्रप्रति त्यति चासो देखिएन । ठोस कृषि नीति छैन । न्यून बजेट विनियोजन भइरहेको छ । जनचेतनाको निकै कमि छ ।    यी सबै समस्या समाधान   हेतु ३ वटै सरकारले कृषि क्षेत्रमा कुल बजेट ५० प्रतिशत रकम   विनियोजन गरी स्थानीय स्रोत    साधनको प्रयोग गरी अर्गानिक    विधिद्धारा खेती प्रणालीलाई अगाडि बढाई, कृषक वर्गिकरण गरी वैज्ञानिक तरिकाबाट खेती गर्दा आत्म निर्भर पनि बन्न सकिन्छ र कृषि पेशामा व्यापक रोजगारी सिर्जना भई देश समृद्ध बन्न कुनै समस्या छैन । 
      १२) किसान भनेको के हो ? 
रहमुल ः कि — किनेर, स—सामान, न—नखाने किनेर सामान नखानेलाई किसान भनिन्छ । 
१३) तपाई राष्ट्रिय व्यापी रुपमा निःशुल्क माटो परीक्षण कार्यक्रम लिएर हिड्नु भएको छ ?  ककसको सहयोग पाउनु भएको छ ? र, अर्गानिक मल कहाँ र कसरी पाउँछ ?
रहमुल ः धन्यवाद दिनेशजी वहुत राम्रो प्रश्न गर्नु भयो । म त एउटा अतिविपन्न परिवारमा जन्मेको मान्छे यस्तो ठूलो हिम्मत गर्नुको पछाडि एउटा महान हस्ति तथा महान कृषि क्षेत्रको शुभचिन्तक उहाँ हुनुहुन्छ । जिएमटी कृषि समाग्री उद्योग भरतपुर चितवनको प्रोपाइटर बुवा नारायणप्रसाद गौतम उहाँको सहयोगमा म यो महान अभियान शुरु गरेको छु । उक्त कम्पनीबाट अर्गानिक मल किसानले चाहेको बखत म र मेरा साथीहरुबाट ७७ वटै जिल्लामा सजिलै उपलब्ध गराउँन सक्छौ । 
१४) जिएमटीको अर्गानिक मल राम्रो हो भने कसरी हामी विश्वास गर्ने त ? र, कृषकको कसरी विश्वास दिलाउँन सक्नु हुन्छ ? 
रहमुल ः धेरै राम्रो दिनेश्वरजी हामी धेरै टाढा न जाऔ सिरहा र सप्तरीको लगभग २२ वटा स्थानीय निकायमा हामी योव जिएमटीद्धारा उत्पादित अर्गानिक मल पुर्याई सकेका छौं । र, जुन खेतवारीमा प्रयोग भएको छ त्यसको परिणाम धेरै राम्रो आएको छ भने प्रमाण दिन सक्छु । 
१५) अन्तमा रहमुलजी माटो बनाउने अभियानमा लाग्नु भएको छ । बहुत राम्रो काममा लाग्नु भएको हो अन्तमा सबैको लागि केही भन्नु हुन्छ की ? 
रहमुल ः सबै भन्दा पहिला राष्ट्रियको चौथो अंग मिडिया तथा समाजको ऐना मानिने पत्रकारिता जसको अगुवाई मेरो परम मित्र अध्यक्ष दिनेश्वर गुप्तालगायत पत्रकार महासँघका साथीहरुप्रति म अभारी छु । की म मेरो मनको  व्यथा र माटो, किसान, कृषिक्षेत्रको विषय वस्तु राख्ने र भने मौका प्रदान गर्नु भएकोमा  ह्दयदेखि धन्यवाद । खास भन्नु पर्दा प्रत्येक जनप्रतिनिधिज्युसँग विन्ती गर्न चाहन्छु । हाम्रो देशमा  बढ्दो जनसँख्याको खाद्यान्न आपूर्तीको लागि माटो बचाउनको लागि यसप्रति बढी ध्यान दिन आग्रह गर्न चाहन्छु । पत्रकार साथीहरु कृषि क्षेत्रप्रति निर्धक कलम चलाउन आग्रह गर्न चाहन्छु । सम्पूर्ण कृषक महानुभावहरुलाई भन्न चाहन्छु । कुनै पनि खेती गर्दा माटो व्यवस्थापन, मल विउ व्यवस्थापन, बजार व्यवस्थापन रोग किरा व्यवस्थापनको ख्याल गरी ज्ञान सीप हाँसिल गरो कृषिकर्ममा लाग्नु हुन हार्दिक अनुरोध छ । अन्तमा ३ वटै सरकारसँग आग्रह गर्न चाहन्छु हाम्रो देशमा राम्रो कृषि नीति लिएर आउनुस र स्रोत साधनको खोजी गरौं । हाम्रो देशमा स्रोत साधनको कमी छैन । हामीसँग सबै थोक उपलब्ध छ । निर्देशन पाउँ समृद्ध देश बनाउन र कृषिमा आत्म निर्भर बनाउन हामी हरदम तयार छौं । सही तरिकाले कृषि क्षेत्रमा लाग्यौ भने हाम्रा देशका युवा शक्ति बाहिर पलायन हुँदैन बरु बाहिर देशबाट युवा शक्ति हाम्रो देशमा रोजगारीको लागि आउँछन् भन्दै विदा लिन चाहन्छु । धन्यवाद । 







 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी