नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Dec 03, 2020
लहान—ठाडी सडक बन्दै भत्किदै, हाकीम कर्मचारी मलामाल
 जयनाथ यादव 
लहान, १८ मंसिर । कयौं बर्षदेखि नबनेको लहान—ठाडी सड़क कालोपत्रे बने पनि एक बर्षमै भत्किन थालेको छ । कालोपत्रे सड़क टुटफुट भएर अस्तव्यस्त बनेको छ । 
श्री एपेक्स उदय जे.भी माईतीदेवी काठमाण्डौंको निमार्ण व्यवसायीले ५ करोड़ ३४ लाख ४७ हजार ३ सय २० रुपैयामा मु.अ. कर सहित २०७५ जेठमा कार्य समझौता गरेको थियो । कार्य सम्पन्न गर्ने मिति १८ महिना रहेको थियो । विटुमिनस प्रिमिक्स कार्पेटिङ्ग कार्य ३ सेन्टि मिटर मोटाईको ४०९७५ वर्ग मिटर कार्य गर्न सड़क डिभिजन कार्यालय लहान संग सम्झौता गरेको थियो । तर सम्झौता र ईस्टिमेट अनुसार काम नगरेर हतार हतार गुणस्तरहीन काम गरेर ईन्जिनियर र डि.ई.को मिलोमतो कार्य सम्पन्न गरियो  । 
भगवानपुर देखि पारी सड़क ग्रोडिङ्ग गरेर पानी नहालेर सड़क धुलोयुक्त भएर आवत जावत गर्ने कठिनाई खेप्नु परेको छ तर सम्बन्धित निकाय मौन रहेको स्थानीय जसपाका युवा नेता मनोज यादवले बताए । नेता यादवले सड़क डिभिजन कार्यालयको डि.ई. र ईन्जिनियर आएर सडकको अवस्था के छ हेरौं जो ठेकेदारले बनाएको हो । त्यो कम्पनीसंग पूनः जुन ठाउँमा सड़क भत्किएको छ मर्मत गराएर सुचारु गर्ने भनिएको छ । 
नेता यादवले यस्तो गुणस्तरहीन सड़क पास गर्ने र गराउने डि.ई. ,ईन्जिनियर र ठेकेदार लाई छानविन गरेर दोषीलाई कार्वाही गरेर हथकड़ी लगाएर जेल हाल्न सम्बन्धित निकायसँग अनुरोध छ । प्रदेश नं. २ का भौतिक पुर्वाधार मन्त्रालयका मन्त्री जितेन्द्र सोनलले ठेकेदार राम्रो काम गर्छ भन्छन् यही हो राम्रो काम बकबास मात्र गर्छन् । बडी भन्सार कार्यालय भएको सड़कको यस्तो हालत मन्त्रीहरुलाई यो कुराको जानकारी हुनुपर्ने थियो । यस्तो गुणस्तरहीन काम गर्ने ठेकेदारहरु, डि.ई.र ईन्जिनियरलाई कार्वाही गर्ने क्षमता हुनुपर्छकी मात्र बकबास गर्छ सङगियतामा बकबास होइन काम गरेर देखाउनु उनले भने ।
यता सड़क डिभिजन कार्यालय लहानका डि.ई .रविन्द्रलाल दासका अनुसार लहान ठाडी सड़क खण्ड मर्मत एक पटक भईसकेको हो । मर्मतको लागि बजेट आउँदैन यसमा लोकमार्ग स्तरोन्तीमा यसको बजेट आउँछ । कदमाहा देखि गाईघाट रानीबास र लहान भगवानपुर ठाडी भने आउछ । यसपाली ७ करोड़ ४० लाख आएको छ । जसमा गत वर्ष गाईघाट रानीबासको सड़क खण्ड बनाउँदा ४ करोड़ आउट स्टेडिङ्ग बाँकी थियो । ३ करोड़ ४० लाखको हामी १५०० मिटर कालोपत्र ठेका गरिसकेको छौं । भर्खर योजना सुरु भएको छ । पानी  टैंक्कर लिएर हामी हाल्न सक्दैनौ ठेका लागीसकेको छ । हामीले भनेका छौं ठेकेदारलाई   मान्छेलाई आवत जावतमा कठिनाई हुन्छ भने पानी हाल्न भनिएकै हो ।
भगवानपुर देखीवारी ९३० मिटर कालोपत्र फेल भएको छ । यसको कारण टेक्निकल समस्या छ । तल सब ग्रेडमा समस्या छ । फेरी सडक लाई भत्काएर जै बनाउनु पर्छ त्यसको लागि ४ करोड़ ४२ लाख रुपैया विभागसँग स्वकृती लिएर ठेका गरिसकेको छौँ । जो कार्यन्वयनको आवस्था छ उनले भने ।





प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी