नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
फिचर
Nov 30, 2020
नरहामा किशोरीहरुको लागि सिप सिकाई, सहयोगी हातहरु बन्धन तोड्दै
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ । 
नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८ बर्ष उमेरकी द्रुत सिकाई साक्षरता कार्यक्रम अन्तरगत ८८ मुसहर किशोरीलाई पहिलो चरणमा उनीहरुकै रोजाईमा सिप सिकाई अघि बढाएको छ । किशोरीहरुले आफुले रोजेको सिलाई मेशिन २ जनामा एक थान गरी ३६ थान उपलब्ध गराएको छ । ब्युटिपार्लरको एक जनामा एक सेट जसमा चार जना किशोरीलाई उपलब्ध गराएको छ । यसैगरी बुटिकको लागि ६ किशोरीलाई ६ सेट उपलब्ध गराएको छ । यस्तै ठेलामा चाउमीन ममलगायतको नास्ता बिक्री गर्नको लागि एक किशोरीलाई सोही अनुसार सामग्री उपलब्ध गराएको सहयोगी हातहरुको सामुदायिक सल्लाहकार गीता चौधरीले बताइन् । 
आर्थिक, समाजिक, लैगिँक र राजनीतिक रुपमा पछाडिपारिएकोले मुसहर किशोरीलाई सिरहाको नरहा, मिर्चैया, कर्जन्हा र गोलबजारमा यस किसिमको कार्यक्रम एक बर्षको लागि गरिएको सिरहा संयोजक किशोरकुमार कर्णले बताए । 
कर्णले थपे १० देखि १४ बर्षसम्मका किशोरीलाई विद्यालय भर्ना गराउँदै आएको छ । १५ देखि १८ बर्ष उमेरका मुसहर किशोरीलाई सिपको लागि प्रविधि सहयोग समेत गर्दै आएको छ । योसँगै दोस्रो चरणको कार्यक्रम अघि बढाउँने तयारीमा रहेको बताए । 
नरहा ४ की रवीना सदायले सिलाई कटाई तालिम लिएर अहिले ९ हजार माक्स तयार गरेर विक्री गरेको छु । त्यसबाट ६५ हजार आम्दानी गर्न पाएकोले सिपले ठूलो सहयोग गरेको उनी बताइन् । 
नरहा गाउँपालिका अध्यक्ष रामशरण यादवले सिप सिकाई कार्यक्रमले यहाँका मुसहर किशोरीहरु शिक्षातर्फ उन्मुख भएकी छन् भने प्रविधि प्रयोगमा आएको छ । अझै उनीहरुमा शिक्षा चेतना आएपछि भोली वडाध्यक्ष, गाउँपालिका अध्यक्ष, कर्मचारी हाकीम हुन अध्यक्ष यादवले प्रोत्साहन गरेका छन् । 
सहयोगी हातहरुको समूह (सहास) नेपालले सरोकारवाल । रोजगारदाता समावेशी कार्यस्थल सम्बन्धी अभिमुखिकरण मंसिर १४ गते नरहामा गरिएको एक दिने कार्यक्रममा अध्यक्ष यादवले समुदायिस्तरमा मुसहरहरु धेरै नै पछाडिपारिएकोले उनीहरुलाई सिप र शिक्षा जरुरी रहेको बताए । 
अबको समस्यालाई कसरी बन्धन तोड्ने ? सिप सिकाई कार्यक्रमको लागि जानकी महिला जागरण समाज जनकपुरका सामाजिक कार्यकर्ता प्रेमकुमार सिँहलगायतले हातोमालो गर्दै कार्यक्रम अगाडि बढाउँदै आएको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी