लहान, १४ मंसिर । उद्यमी तथा व्यापारीहरूको पेशागत हकहित र संरक्षणको लागि आवाज उठाउँने नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय महाधिबेशनले उदयपुरको गाईघाट निवासी गजेन्द्रकुमार भगत केन्द्रिय सदस्यमा निर्बाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा भगतले ६८ मत प्राप्त गरि तेस्रो स्थान सहित जिल्ला नगरतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा खुलातर्फ विजयी भएका हुन् । यस्तै लहान उद्योग वाणिज्य सँघका अध्यक्ष अशोकलाल अमात्य समेत केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
यता नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।
हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ महाधिबेशनबाट जिल्ला नगरतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा निर्बाचित भएका भगत जिल्लाकै प्रतिष्ठित ब्यबसायी मध्यका एक सफल ब्यबसायी हुन ।
गजेन्द्र कुमार भगत उदयपुरको त्रियुगा नगरपालिका वडा १२ (हालको) मा २०४१ साल साउन १२ गते जन्मिएका हुन् । उनले ०५८।५९ सालदेखि व्यवसाय सुरु गरेका थिए ।
यसैबीच महात्मा गान्धी एशियाली शान्ति पुरस्कारबाट सम्मानित तथा मासवेस संस्थाकी नजबुल खान निलमले केन्द्रीय सदस्यमा निर्वाचित गजेन्द्रकुमार भगतलाई शुभकामना दिँदै सफल कार्यकालसहित उत्तरोत्तर प्रगतीको कामना संदेश पठाएका छन् ।