लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले तीन चारजना लागुऔषध प्रयोग गर्दा रक्तजन्य एचआईभी । एड्सलगायत विभिन्न रोगको जोखिम बढेको छ । यस्ता रोगबाट क्षति न्यूनिकरण गर्नको लागि स्पर्स नेपालले भरपुर परामर्श गर्दै आएको छ ।
स्पर्स नेपालका प्रोग्राम मेनेजर नविन मलिकले सुईद्धारा लागुऔषध प्रयोग गर्दा व्यापक जोखिम रहेकोले यसमा एउटा सुई एक जनाले मात्र प्रयोग गर्नुपर्ने परामर्श दिँदै आएको छ । हुनत लागुऔषध प्रयोग गर्नु हुँदैन । यदि प्रयोग गर्नु छ भने मुखमार्फत प्रयोग गर्न परामर्श दिंदै आएको उनी बताउँछन् ।
निडिल सिरिन्च एक्चेन्ज कार्यक्रम अन्तरगत सुई नलिनुपर्ने । यदि लिनुपर्ने बाध्यता रहेमा मुखमा औषधी लिनुपर्ने । सुईमा नयाँ सुई प्रयोग गर्नुपर्ने । निर्मलिकरण गरि सुई प्रयोग गरौं भनी स्पर्शका मलिकले भने ।
तीन बर्षदेखि सिरहाको लहानमा स्पर्श नेपाल सक्रिय रहदै आएको छ । स्पर्श सिरहाका कार्यक्रम सुपरभाइजर कैलाश साहले सुईद्धारा लागुऔषध प्रयोग गर्दा यौन व्यवस्थापन, प्रवासीबाट जोखिम, पुरुष पुरुषबीच यौन सम्बन्धले थप जोखिम बढ्दै गएको छ । यसलाई रुपान्तरन गर्न क्षति न्यूनिकरण प्रभावकारी भएको छ । शुरुमा सुईद्धारा प्रयोग गर्ने आठ सय जति लागुऔषधकर्ता थिए । अहिले पाँच सयमा झरेको उनले बताए ।
ग्लोबल फान्ड । सेभ द चिल्ड्रेनको सहयोगमा स्पर्श नेपालले प्रदेश २ को सप्तरी बाहेक सुईद्धारा लागुऔषध प्रयोग गर्ने पाँच हजार रहेको दावी गरिएको छ । यसवाहेक कति सम्पर्कमा नरहेको अवस्था छ । क्षति न्युनिकरण अन्तरगत सिरहामा ५ सय, धनुषा ८ सय, महोत्तरी ८ सय, सर्लाही ८ सय, रौतहट ७ सय, बारा ११ सय ५० र पर्सा १३ सय प्रयोगकर्ता रहेको छ । यसमा अधिकाँश १७ देखि २३ बर्षका बालबालिका रहेको छ । लहानक्षेत्रमा २२ बर्षीया २ जना महिलासमेत रहेको छ ।
लागुऔषध प्रयोगकर्ता प्रति महिना २० देखि ३० जना थपिदै गएको छ । उता, भारतको इलाहावाद, असाम, मुम्बईबाट बसेर आएका व्यक्तिमा एचआईभि । एड्सको जोखिम बढोत्तरी रहेको दावी छ ।
स्पर्शले यो बर्ष सिरहामा १५ जना एड्स रोगी फेला पारेको छ । यसैबीच, एड्स लागेका व्यक्तिले नियमित औषधी खादै गयो भने लामो समयसम्म बाच्न सकिने स्पर्श नेपालले दावी गरिएको छ भने लहानमा उपचार केन्द्रको आवश्यकता महसुस गरिएको छ ।