नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
खेलकुद समाचार :
Nov 22, 2020
सखुवानन्कारकट्टी क्रिकेट प्रतियोगितामा सोठियाइन विजय
  लहान, ८ मंसिर । सखुवानन्कारकट्टी गाउँपालिकाको सहयोगमा वडास्तरीय क्रिकेट प्रतियोगिता मंसिर ७ गते सोठियाइनमा एक कार्यक्रमबीच सम्पन्न भएको छ । सो प्रतियोगिताको अन्तिम खेलमा सखुवानन्कारकट्टी ४ सोठियाइन पहिलो विजेता बनेको छ । कार्यक्रमका प्रमुख अतिथी प्रदेश २ का साँसद अशोक अशोक यादवले पहिलो विजेता सोठियाईन टीमलाई २१ हजार नगद, मेडल र कप प्रदान गरेका छन् । 
गाउँपालिका अध्यक्ष केदारनाथ यादवका सभाध्यक्षमा भएको सो प्रतियोगिताका दोस्रो विजेता सखुवानन्कारकट्टी ४ सखुवा टीमलाई १५ हजार नगद, मेडल र कप प्रदान गरेका छन् । प्रतियोगिता कातिक २६ गतेदेखि शुरु भएको थियो भने सखुवानन्कारकट्टीका पाँचै वडा सहभागी भएका थिए । 
बजरंगी युनिफाईड युथ कमिटी सखुवानन्कारकट्टीको आयोजना गरिएको सो प्रतियोगितामा त्यस गाउँपालिका वडाध्यक्षहरु अतिथीको रुपमा रहेका थिए । 
समापन कार्यक्रमकै क्रममा प्रदेश साँसद यादवले ‘ग्रामिणक्षेत्रमा युवा जागरणको निम्ति खेलकुद महत्वपूर्ण हो ।’ ‘खेलकुदलाई पनि व्यावसायिकीकरण गरेर अघि बढियो भने यहाँका युवाहरु भोली राष्ट्रियका लागि योगदान पुर्याउँन सकिने’ उहाँले बताउँनुभयो । 
गापा अध्यक्ष केदारनाथ यादवले ‘यहाँका युवाहरु खेलकुदमा गतिशिल बन्दैछन् ।’ ‘खेलकुद विकासको लागि हातोमालो गरेर अगाडि बढ्नुपर्ने आजको आवश्यकता छ ।’ ‘ आजको यो खेलाडी भोलीको कर्णधार हुन ।’ ‘खेलाडीहरु हाम्रो गाउँ समाजका गहना पनि हुन उहाँ अध्यक्षले बताउँनुभयो ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी