नेपाली समय:
अडियो सेवा
मोडेल
नेपाली पात्रेा
अन्य
राष्टिय स्तरका लिकं
ताजा खबर
Nov 13, 2020
सिरहामा भारतीय आलुको कारोबार बढदो
 रोहितकुमार मण्डल
लहान, २८ कातिक । सिरहामा उत्पादन हुने आलुले बजारको माग पूरा गर्न नसकेपछि व्यापारीहरू भारतबाट आलु आयात गरी व्यापार गर्न थालेका छन् । 
यस जिल्लामा उत्पादन हुने आलुले स्थानीय मागको ६० प्रतिशत मागलाई समेत धान्न नसकेपछि भारतबाट आलु आयात गरी स्थानीय मागलाई पूरा गरिरहेको आलु व्यापारीहरू बताउँछन् । “भारतको लौकहा, जयनगर, लदनियाबाट दैनिक पाँच ट्रक अर्थात् १०० टनभन्दा बढी आलु सिरहामा आउने गरेको आलु विक्रेता राजकुमार साह बताउछन् ।  
जिल्लामा उत्पादन हुने आलुले बजारको मागलाई पूरा गर्न नसकेपछि हामीहरू भारतबाट आलु ल्याएर आर्थिक लाभ लिन थालेका छौँ” उनले बताए । थोक तथा खुद्रा व्यापारीको सङ्ख्या ३० भन्दाबढि रहेको छ र भारतबाट प्रति महिना रु ५ करोड भन्दा बढि मूल्य बराबरको आलु सिरहा आउने साहले बताए । 
आलु व्यापारबाट करिब एक हजार व्यापारी प्रत्यक्षरूपमा लाभान्वित हुँदै आइरहेका छन् भने भारतबाट आउने आलु लहान, सिरहा ढल्केवार, महेन्द्रनगर तथा पहाडी जिल्ला सिन्धुली, रामेछाप, ओखलढुङ्गासम्म जाने गरेको अर्का आलु व्यापारी मुना साहले बताए  ।
जिल्लाको ग्रामीण क्षेत्रमा ७५ प्रतिशत आलु उत्पादन हुने गरे पनि यसले स्थानीय मागलाई भने पूरा गर्न नसकेकाले भारतीय आलु अत्यधिक मात्रामा यस जिल्लामा भित्रिने गरेको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ । खासगरी लदनिया, बेल्ही, लौकहा र काँकडभिट्टा नाकाबाट लहान आउने आलुमा खासगरी लालगुलाव, हेलेन, सफेद, कालो गजरवा गरी चार प्रकारको आलु आउने गरेको छ  । किसानले आलुखेतीलाई तरकारी बालीका रूपमा मात्र उत्पादन नगरी खाद्यान्न बालीका रूपमा यसलाई लिए पनि मलखादको अभावका कारण सोचेजस्तो आलु भने उत्पादन हुन नसकेको किसान बताउँछन् । स्थानीय बजारमा कब्जा जनाएको भारतीय आलुको व्यापारले आर्थिक लाभ दिन थालेपछि अन्य व्यक्ति पनि आलुको व्यापारतर्फ आकर्षित हुन थालेका छन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

बिचार/ब्लग
झण्डै सिरहाले सखाप पारेको !
                                                           
हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
 लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा  उक्त नवराजपुर ३
फिचर
moment1
  दिनेश्वर गुप्ता लहान । दूई छोरीको विहा गरिसके । १६ बर्षीया पुनम भाडावर्तन माझने काम छन् । दूई छोरा स्कूल जान्थ्यो । १३ वर्षीय किसनलाई एजेन्टले अग्रिम रकम दिन आइरहेको छ
moment1
  लहान, १५ मंसिर । आर्थिक समाजिक सशक्तीकरणको लागि मुसहर किशोरीलाई शिप सिकाई कार्यक्रम सिरहाको नरहामा प्रभावकारी भएको छ ।  नरहाको पाँच वटै वडामा सहयोगी हातहरुको समूह (सहास) नेपालले १० देखि १८
moment1
 लहान, १३ मंसिर । सुईद्धारा लागुऔषध प्रयोगकर्ता लहानक्षेत्रमा पाँच सयबढी रहेको छ भने प्रदेश २ मा पाँच हजारबढी रहेकोले क्षति न्यूनिकरणको लागि स्पर्स नेपाल सक्रियता देखाएको छ । एउटै सुईले
moment1
 लहान, २७ फागुन । आज ( फागुन २७ गते शुक्रवार) सार्वजनिक गरिएको सिरहाको स्थानीय निकायको विवरण यस प्रकार रहेको छ । सिरहाको गाढा र गोविन्दपुर मलहनिया गाविसलाई लहान नगरपालिकामा समायोजन

अन्तर्वार्ता
‘रसायनिक विषादीको प्रयोगले गर्दा ८५ प्रतिशत माटो विरामी‘
  लहान । कृषिकर्ममा जीवन अर्पण गर्नु भएका सिरहाको सखुवानन्कारकट्टी ४ का  कृषि, पशु, माटो प्रविधिक मो.रहमुल मियाँसँग नवसंग्रामकर्मीले गरेको कृषि विषयको कुराकानीको अँश । जो कृषि उत्पादनको लागि यो भूमी